शनिबार, भदौ १३, २०८३

सांग्रिला डेभलपमेन्ट बैंक र पे नेपबीच सम्झौता

 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र पे नेपको (मोरु) बीच सहज र डिजिटल बैंकिङ सेवा सम्बन्धी सम्झौता भइएको छ।

यस सम्झौता अन्तर्गत ग्राहकहरुले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ तथा मोबाईल बैंकिङद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाइल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सक्नेछन्।

चेक र एटीएमको विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटीएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ।

प्रकाशित: Oct 05, 2020| 03:04 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्