शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खाद्य व्यवस्था कम्पनीले चाडपर्वमा पनि होम डेलिभरी सेवा दिने 

खाद्य व्यवस्था कम्पनीले चाडपर्वमा पनि होम डेलिभरी सेवा दिने 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वमा पनि होम डेलिभरी सेवा दिने भएको छ। 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वमा पनि होम डेलिभरी सेवा दिने भएको छ। 

चाडबाडको समयमा अधिकांश पसल बन्द हुने हुँदा ग्राहकको सुविधाको लागि होम डेलिभरीको सेवा दिइने भएको हो।  

सुपथ मूल्य पसल सञ्चालन गरिरहेको कम्पनीले साल्ट ट्रेडिङ र दूग्ध विकास संस्थानका उत्पादन पनि विक्री गरिरहेको छ। 

सुपथ मूल्य पसलकै मूल्यमा ‘होम डेलिभरी’ सेवा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ। खाद्यान्नमा प्रतिकिलो पाँच रुपैयाँसम्म छुट दिइएको छ। 

कोभिड–१९ को रोकथामका लागि गत चैतमा गरिएको लकडाउनसँगै कम्पनीले ‘होम डेलिभरी’ सेवा सुरु गरेको थियो।

बजार खुलेसँगै होम डेलीभरीको माग कम भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रवन्धक मणिराज खनालले जानकारी दिए। उनले चाडबाडको समयमा माग पुनः बढ्ने अपेक्षा रहेको बताएका छन्। 
 

प्रकाशित: Oct 04, 2020| 10:24 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्