आइतबार, असार २८, २०८३

जितसहित शीर्षस्थानमा फर्कियो दिल्ली

जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा शनिबार राति सम्पन्न खेलमा कलकत्ता नाइट राइडर्सलाई हराउँदै दिल्ली क्यापिटलले तेस्रो जित निकालेको छ।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा शनिबार राति सम्पन्न खेलमा कलकत्ता नाइट राइडर्सलाई हराउँदै दिल्ली क्यापिटलले तेस्रो जित निकालेको छ। दिल्लीले कलकत्तालाई १८ रनले हराएको हो।

पहिलो पारीमा ब्याटिङ सम्हालेको दिल्लीले सम्पूर्ण ओभर खेल्दै ४ विकेट गुमाएर २२८ रन बनाएको थियो। २२९ रनको लक्ष्य लिएर मैदान छिरेको कलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २१० रनमा समेटिएपछि दिल्लीले जित निकालेको हो।

जितका लागि दिल्लीका कप्तान श्रेयस अयरले अविजित सर्वाधिक ८८ रनको योगदान दिए। मैदानमा २६ रन बनाएका शिखर धवन र मध्यक्रमका ऋषभ पन्तले ३८ रन बनाउँदा दिल्ली उत्कृष्ट लयमा थियो।

त्यस्तै, ओपनर पृथ्वी शाहले पनि ६६ रनको अर्धसतकिय पारी खेले।

यता कलकत्ताका आन्द्रे रसेलले दुई विकेट लिए भने वरुण चक्रवर्ती र कमलेस नगरकोटीले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको कलकत्ताका नितिस रानाले सर्वाधिक ५८ रनको अर्धतसतकिय पारी खेले। त्यस्तै, ओपनर शुभम गिलले २८, इयोन मोर्गनले ४४ रन बनाए भने राहुल त्रिपथी ३६ रन बनाएर आउट भए।

यता दिल्लीका एनरिच नोर्टजेले तीन विकेट गिरा एभने हर्षल पटेलले दुई विकेट लिए।

जितसहित ६ अंक बनाएको दिल्ली अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ। समान ६ अंक बनाएको रोलय च्यालेन्सर्ज बैंगलोर नेट रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ।
 

प्रकाशित: Oct 04, 2020| 00:40 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।