आइतबार, असार २८, २०८३

राजस्थान ८ विकेटले पराजित,बैंगलोर शीर्ष स्थानमा

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित निकालेको छ।
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

काठमाडौं- जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित निकालेको छ।

टस जितेर ब्याटिङ रोजेको राजस्थानले प्रस्तुत गरेको १५५ रनको लक्ष्य भेट्राउँदै बैंगलोरले ८ विकेटको जित निकालेको हो।
जितसहित ६ अंक बनाएको बैंगलोर अंक तालिकाको शीर्षस्थानमा छ।

पहिलो पारीमा ब्याटिङ सम्हालेको राजस्थानले सम्पूर्ण ओभर खेल्दै ६ विकेट गुमाएर ७.७ को रन रेटमा १५४ रन बनाएको थियो। १५५ रनको लक्ष्य लिएर मैदान छिरेको बैंगलोरले पाँच बल बाँकी रहँदै २ विकेट मात्र गुमाएर लक्ष्य पुरा गर्यो।

राजस्थानका भरपर्दा ब्याट्स्मेन कप्तान स्टेभेन स्मिथ र सन्जु समसन क्रमश ५ र ४ रन बनाएर पेवेलियन फर्किएपछि राजस्थानले कमजोर सुरुवात गर्यो। मैदानमा २२ रन बनाएका जस बटलर र मध्यक्रमका महिपाल लोमरोरले ४७ रन बनाउँदा खेलले सामान्य गति लियो।

त्यस्तै, रोविन उथप्पा, रियान पराग, राहुल तेबतिया र जोफ्रा आर्चरले क्रमश १७, १६, २४ र १६ रन बनाए। तेबतिया र आर्चर अविजित रहे।

यता बैंगलोरका युजवेन्द्र चाहलले (३) उथप्पा, लोमरोर र समसनको महत्वपूर्ण विकेट गिराए। त्यस्तै, पराग र कप्तान स्मिथलाई मैदानबाहिर पठाएका इसुरु उडानाले दुई विकेट लिए।

जवाफी ब्याटिङमा आएको बैंगलोरका कप्तान विराट कोहलीले अविजित ७२ रनको अर्धतसतकिय पारी खेले। त्यस्तै, ओपनर देवदत्त पोडिक्कलले ६३ रन बनाएर आउट भए भने एबी डिभिलियर्सले अबिजत १२ रन बनाए।

यता राजस्थानमा जोफ्रा आर्चर र श्रेयस गोपालले समान एकएक विकेट लिए।

प्रकाशित: Oct 03, 2020| 14:00 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।