आइतबार, असार २८, २०८३

स्मिथ र समसनको कमजोर सुरुआत, बैंगलोरसामु १५५ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ रोजेको राजस्थानले १५५ रनको लक्ष्य प्रस्तुत गरेको हो।

पहिलो पारीमा ब्याटिङ सम्हालेको राजस्थानले सम्पूर्ण ओभर खेल्दै ६ विकेट गुमाएर ७.७ को रन रेटमा १५४ रन बनाएको थियो।

राजस्थानका भरपर्दा ब्याट्स्म्यान कप्तान स्टेभेन स्मिथ र सन्जु समसन क्रमशः ५ र ४ रन बनाएर पेवेलियन फर्किएपछि राजस्थानले कमजोर सुरुवात गर्यो।

मैदानमा २२ रन बनाएका जस बटलर र मध्यक्रमका महिपाल लोमरोरले ४७ रन बनाउँदा खेलले सामान्य गति लिएको थियो।

१५५ रनको लक्ष्यका लागि रोविन उथप्पा, रियान पराग, राहुल तेबतिया र जोफ्रा आर्चरले क्रमश १७, १६, २४ र १६ रन बनाए। तेबतिया र आर्चर अविजित रहे।

बैंगलोरका युजवेन्द्र चाहलले (३) तथा उथप्पा, लोमरोर र समसनको महत्त्वपूर्ण विकेट गिराए। पराग र कप्तान स्मिथलाई मैदानबाहिर पठाएका इसुरु उडानाले दुई विकेट लिए।
 

प्रकाशित: Oct 03, 2020| 12:15 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।