आइतबार, असार २८, २०८३

लिग वानमा पीएसजीको सानदार जित

फ्रेन्च लिग वानको शुक्रबार राति सम्पन्न खेलमा साविक विजेता पीएसजीले सानदार जित निकालेको छ। 
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

काठमाडौं– फ्रेन्च लिग वानको शुक्रबार राति सम्पन्न खेलमा साविक विजेता पीएसजीले सानदार जित निकालेको छ। 

उसले घरेलु मैदान पार्क डी प्रिन्सेसमा सम्पन्न खेलमा एन्जर्सविरुद्ध ६–१ गोलको जित निकालेको हो।

जितका लागि ब्राजिलियन फरवार्ड नेयमारले दुई गोल र एक एसिस्ट गरे भने युवा खलाडी केलियन एम्माप्पेले एक गोल र एक एसिस्ट गरे।
त्यस्तै, १–१ गोल गर्ने अन्य खेलाडीमा अलेक्जेन्द्रो फ्लोरेन्जी, जुलियन ड्राक्जलर र इड्रिस्सा गुयये रहे।

खेलको सातौं मिनेटमा फ्लोरेन्जीले गोल गर्दै सुरुवाती अग्रता दिलाए भने ३६ औं मिनेटमा नेयमारले गोल गरेर पहिलो हाफमै आग्रतालाई दोब्बर बनाए।

अन्य चार गोल उसले दोस्रो हाफमा थप्यो। एम्बाप्पले ८४ औं मिनेटमा अन्तिम गोल गदैं जितलाई ६–१ गोअन्तरमा पुर्याएका थिए। यता एन्जर्सका इसामेल ट्राओरले ५२ औं मिनेटमा सान्त्वना गोल गरे।

जारी सिजनमा पीएसजीले ६ खेलमा ४ जितका साथ १२ अंक बनाएको छ। १२ अंक बनाएको पीएसजी दोस्रो स्थानमा छ भने १३ अंकका साथ रेन्निज शीर्षस्थानमा छ। यता गएराति पराजित एन्जर्स नौं अंकका साथ आठौं स्थानमा छ।
 

प्रकाशित: Oct 03, 2020| 02:31 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।