आइतबार, असार २८, २०८३

नेपालका १० खेलाडीले एशियन अनलाइन बुद्धिचालमा  भाग लिने

एशियन अनलाइन नेशन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन्। 
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

काठमाडौं– एशियन अनलाइन नेशन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन्। 

नेपाल बुद्धिचाल संघले उक्त प्रतियोगिताका लागि फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता तथा छनोटमार्फत पाँचपाँच पुरूष र महिला खेलाडी छनोट गरेको हो।

छनोट हुनेमा पुरुषोत्तम चौलागाईँ, विवेक लामा, केशव श्रेष्ठ, सुमित पन्त, छितिज भण्डारी, सुजना लोहनी, इन्दिरा जोशी, अनिशा न्यौपाने, कृतिसारा अधिकारी र पुनम रपासैन छन्। 

छनोट खेलमा महिला तथा पुरुष गरी २९ खेलाडीले भाग लिएका थिए। 

एशियाली बुद्धिचाल महासंघले पहिलो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। एशियन अनलाइन नेशन्स बुद्धिचाल कप यही असोज  २४ देखि आगामी कात्तिक ९ गतेसम्म चल्ने महासंघले जनाएको छ। 

प्रतियोगितामा नेपाली खेलाडीले भुटान, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंकाली खेलाडीसित प्रतिस्पर्धा गर्नेछन्। 

प्रकाशित: Oct 03, 2020| 01:01 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।