आइतबार, असार २८, २०८३

मध्यम लक्ष्य नभेट्दा चेन्नई हैदराबादसँग पराजित

इन्डियन प्रिमियर लिग(आईपीएल)मा सनराइजर्स हैदराबादसँग चेन्नई सुपर किंग्स पराजित भएको छ।
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल)मा सनराइजर्स हैदराबादसँग चेन्नई सुपर किंग्स पराजित भएको छ। हैदराबादले दिएको मध्यम लक्ष्य नभेट्दा चेन्नई ७ रनले पराजित भएको हो।

टस जितेर ब्याटिङ सुरु गरेको हैदराबादले ५ विकेट गुमाउँदै १६४ रन बनायो। १६५ रनको लक्ष्य पछ्याएको चेन्नई १५७ रनमा पाँच विकेट गुमाएर समेटिएपछि हैदराबादले खेल जितेको हो।

जितका लागि हैदराबादका प्रियम् गर्गले ५१ रनको अर्धसतकिय इनिङ खेले। त्यस्तै, कप्तान डेबिड वार्नले २८ रन, मनिष पाण्डेले २९ रन बनाए भने अभिषेक शर्माले ३१ रन जोडे।

पहिलो पारीमा फिल्डिङ सम्हालेको चेन्नईका दिपक चाहरले दुई विकेट लिए भने श्रदुल ठाकुर र पियुष चावलाले एकएक विकेट लिए।

जवाफी ब्याटिङमा आएको चेन्नईका रविन्द्र जाडेजाले ५० रन बनए भने कप्तान महेन्द्रसिंह धोनीले अविजित ४७ रन बनाए। फाफ डू प्लेसिसले २२ रन बनाउनु बाहेक अन्यले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

हैदराबादका टी नटराजनले दुई विकेट लिए। जितसहित ४ अंक बनाएको हैदराबाद अंकतालिकाको चौथो स्थानमा छ भने चेन्नई पुछारमा छ।
 

प्रकाशित: Oct 03, 2020| 00:49 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।