बुधबार, चैत ४, २०८२

आईपीएलमा आज हैदराबादविरुद्ध धोनीको नयाँ रणनीति

यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति पौने ८ बजे दुबई रंगशालामा १४ औं खेल हुँदैछ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं– यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति पौने ८ बजे दुबई रंगशालामा १४ औं खेल हुँदैछ।

National life

आजको खेलमा साविक उपविजेता चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादको सामना गर्नेछ।

हैदराबादविरुद्ध चेन्नईले पछिल्लो ६ खेलमा पाँच खेल जितेको छ। त्यस्तै आईपीएल इतिहासमा पनि हैदराबादविरुद्ध १२ मध्ये ९ खेल चेन्नईले जितेको छ। तर, जारी सिजनका तीन खेलमा उसले दुई खेलमा पराजय भोगेको छ।

त्यसैले कप्तान महेन्द्र सिंह धोनीले आज केही नयाँ खेलाडीका साथ मैदान आउन सक्ने जानकारी दिएका छन्। यसकाण आजको खेलमा ड्वेन ब्रावो र अम्बाती रायडूले स्थान पाउने विश्वास गरिएको छ। यस्तोमा शेन वाट्सन र फाफ डू प्लेसिलाई रन बनाउने जिम्मेवारी रहनेछ।

यता सुरुवाती दुई खेल हारेपछि पछिल्लो खेलमा हैदराबादले शीर्षस्थानको दिल्ली क्यापिटललाई हराएको थियो। यस्तोमा हैदराबाद आफ्नो लयलाई यथावत् राख्ने लक्ष्यमा रहनेछ। हैदराबादको जितका लागि केन विलियम्सन, डेबिड वार्नर, जोनी वेयरस्टोलाई जिम्मेवारी रहनेछ।

Laxmi sunrise bank
kumari

अहिलेको अंकतालिकामा हैदराबाद पुछारबाट दोस्रो स्थानमा छ भने चेन्नई पुछारमा छ।

दुबई रंगाशालामा आईपीएलको जारी सिजनका ६ खेल भए जहाँ कुनै टिमले जवाफी ब्याटिङमा लक्ष्य भेट्न सकेका छैनन्। त्यस्तै दुई खेल भने सुपर ओभरसम्म पुगे।

आज दुबईमा आकास सफा रहनेछ भने तामक्रम २७ देखि ३७ डिग्री सेन्सियसबीच रहने अनुमान छ। तातो पीचले ब्याट्सम्यानलाई सहयोग पुर्याउने छ भने स्लो विकेट भएका कारण स्पिनरलाई पनि सहयोग मिल्नेछ।

आईपीएलमा सबैभन्दा धेरै ८ पटक फाइनल पुगेको चेन्नईले तीन उपाधि जितेको छ भने हैदराबादले दुई पटक।

पछिल्लो खेलमा चेन्नईले दिल्लीसँग हार बेहोरेपछि कप्तान धोनीले आउँदो खेल नयाँ रणनीतिका साथ खेल्ने बताएका थिए। ‘मलाई लाग्छ आउँदो सात दिन उत्कृष्ट ब्रेक हुनेछ। हामी खेलको आगामी मार्गदर्शनका लागि नयाँ संयोजन गर्नेछौं। बलिङ क्षेत्र सधै एकै पनि त हुँदैन,’ उनले खेल पछि भनेका थिए।

सम्भावित प्लेइङ सेटः

हैदराबादः डेबिड वार्नर (कप्तान), ऋद्धिमान सिंह, प्रियम गर्ग, मनिष पाण्डे, जोनी बायरस्टो, केन विलियम्सन, राशिद खान, अलिल अहमद, टी नटराजन, भुवनेश्वर कुमार र अभिषेक शर्मा

चेन्नईः महेन्द्र सिंह धोनी (कप्तान) शेन वाट्सन, मुरली विजय, अम्बाती रायडू, फाफ डू प्लेसिस, केदार जादव, राविन्द्र जाडेजा, सम करन, दिपक चाहर र पियूष चावल
 

प्रकाशित: Oct 02, 2020| 11:19 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।