आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नोर्बु लामा सेकेन्ड क्लास रेफ्री लाइसेन्स पाउने पहिलो नेपाली

नोर्बु लामा सेकेन्ड क्लास रेफ्री लाइसेन्स पाउने पहिलो नेपाली

तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका छन्।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं– तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका छन्। लामा पुम्सेको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्रीको लाइसेन्स पाउने पहिलो नेपाली रेफ्रीसमेत हुन्।

सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्रीको लाइसेन्सका लागि विश्व तेक्वान्दो (डब्लुटी)ले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी हुनुपर्ने प्रावधान छ।

यसका लागि कम्तीमा ३ वर्षको अनुभवका साथै रेफ्रीसँग डब्लूटीको मूल्यांकनबाट ५ अंक हासिल गर्नु पर्नेछ। यो अंक विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताबाट प्राप्त हुनेछ।

लामाले २००८ मा बैंकक, २०१२ मा मलेसिया, २०१२ र २०१५ मा चीन तथा २०१९ मा अस्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्समा सहभागिता जनाएका थिए।

त्यस्तै,  उनले २०१९ मै अस्ट्रेलियामै भएको प्रेसिडेन्ट कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए। नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले लामालाई डब्लुटीबाट प्राप्त प्रमाण पत्र शुक्रबार हस्तान्तरण गरे।

कोरोना माहामारीका कारण विश्वमा खेल गतिविधि रोकिँदा तेक्वान्दो–पुम्सेको भने भर्चुअल विश्व च्याम्पियनसिप समेत सम्पन्न भएको छ। नेपालले पनि सहभागिता जनाएको विश्व च्याम्पियनसिपको एक विधा (पुरुष ३० वर्षभन्दा कम उमेर समूह)मा स्वर्ण, रजत र काश्य पदक प्राप्त गरेको थियो।

लकडाउनले धेरै खेला प्रभावित हुँदा पुम्से खेल भने अनलाइनबाट सञ्चानल हुन थालेका छन्।

प्रकाशित: Oct 02, 2020| 07:33 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।