आइतबार, असार २८, २०८३

विश्व नम्बर वान जोकोविच फ्रेन्च ओपनको तेस्रो चरणमा

सर्बिन टेनिस स्टार नोभाक जोकोविच फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन्। 
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं– सर्बिन टेनिस स्टार नोभाक जोकोविच फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन्। 

उनी विश्व टेनिस वरियतामा ६६ नम्बरका रिकार्डस बेरान्किसलाई हराउँदै तेस्रो चरणमा प्रवेश गरेका हुन्।

३३ वर्षे जोकोविचले सोझो सेटमा लगातार दोस्रो जित निकाल्दा बेरान्किसलाई ६–१, ६–२ र ६–२ को सेटमा हराए। 

प्रतियोगिताका दावेदारसमेत रहेका जोकोविचले एक घण्टा २३ मिनेटको खेलमा जित निकालेका थिए।

त्यस्तै, उनी सुरुवाती दुई राउन्डका खेलमा १० पटक मात्र पराजित भए। उनी पहिलो राउन्डको खेलमा पनि माइकल यमरविरुद्ध पाँच खेलमा पराजित भएका थिए भने १८ खेल जितेका थिए।

त्यसैले उनले जीवनमा १८ औं ग्राण्डस्लम जित्नका लागि बलियो दावेदारी प्रस्तुत गरेका छन्।

‘मलाई धेरै खुसी लागेको छ,’ खेलपछि जोकोविचले भने, ‘मलाई आशा छ आउँदा खेलहरु पनि यसरी नै अघि बढ्नेछन्।’

उनी भोली (शनिबार) कोलम्बियन खेलाडी डेनियल गलनसँग प्रतिस्पर्धा गर्नेछन्।
 

प्रकाशित: Oct 02, 2020| 04:09 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।