आइतबार, असार २८, २०८३

बायर्न फरवार्ड लेबान्डोस्कीलाई वर्ष खेलाडीको अवार्ड

जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेबान्डोस्कीले यूईएफए पुरुष प्लेयर अफ दि इयर (वर्ष खेलाडी) २०१९÷२० को अवार्ड जितेका छन्।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं– जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेबान्डोस्कीले यूईएफए पुरुष प्लेयर अफ दि इयर (वर्ष खेलाडी) २०१९÷२० को अवार्ड जितेका छन्।

३२ वर्षे लेवान्डोस्कीले बायर्नकै अर्का खेलाडी म्यानुएल नेवर र म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुनलाई पछि पार्दै अवार्ड जितेका हुन्।

लेवान्डोस्कीले पछिल्लो सिजनमा ४७ खेलबाट ५५ गोल गरेका थिए। उनले युरोपियन लिगका अन्य खेलाडीले भन्दा १६ गोल बढ्ता स्कोर गरेका थिए। उनले बायर्नलाई जर्मन कप, बुन्डेलिगा र च्यम्पियन्स लिग जिताएका थिए।

त्यस्तै बायर्नका हान्सी फ्लिक वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। उनले जर्मन क्लबलाई छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सहयोग गरेका थिए।

उनले ३० वर्षपछि लिभरपुललाई प्रिमियर लिगको उपाधि दिलाएका योर्गेन क्लोप र आरबी लाइप्जिकका प्रशिक्षक जुलियन नजेग्स्म्यानलाई पछि पार्दै वर्ष प्रशिक्षकको उपाधि जितेका हुन्।

त्यस्तै, चेल्सीका फरवार्ड पेर्निल्ली हार्डले वुमेन्स वर्ष खेलाडीको अवार्ड जितेकी छिन्। प्रिमियर क्लिब म्यानचेस्टर सिटीका डि ब्रुन पछिल्लो सिजनका उत्कृष्ट मिडफिल्डर घोषित भएका छन्।

बायर्नर्कै ३४ वर्से गोलकिपर नेवर उत्कृष्ट गोलकिपर घोषित भएका छन्। उनले गत सिजनको च्याम्पियन्स लिगमा ६ क्लिन सिट राखेका थिए। जहाँ बार्यनकै जोसुवा किमिच सिजनको उत्कृष्ट डिफेन्डर घोषित भएका छन्।

पछिल्लो सिजनको अवार्ड संक्षेपमा

पुरुष प्लेयर अफ दि यियर : रोबर्ट लेबान्डोस्की
महिला प्लेयर अफ दि यियर : पेर्निल्ली हार्ड
वर्षको उत्कृष्ट प्रशिक्षक : हान्सी फ्लिक
उत्कृष्ट मिडफिल्डर : केभिन डि ब्रुन
उत्कृष्ट गोलकिपर : म्यानुएल नेव
उत्कृष्ट डिफेन्डर : जोसुवा किमिच

प्रकाशित: Oct 02, 2020| 02:14 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।