काठमाडौं- इंग्लिस काराबाओ कप अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा लिभरपुल आर्सनलसँग परातिज भएको छ। ऊ घरेलु एनफिल्ड मैदानमा सम्पन्न खेलमा पाहुना टिम आर्सनलसँग टाइब्रेकरमा पराजित भएको हो।
निर्धारित ९० मिनेटसम्म पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटमा पुगेको थियो।
तर सुरुवाती ५-५ पेनाल्टीमा दुवै टिमले समान ४–४ गोल गरेपछि थपिएको सुटमा लिभरपुलका ह्यारी विल्सनले गोल गर्न नसक्दा आर्सनलले खेल जितेको हो।
जितससहित आर्सनले काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। यस अघि अन्तिम १६ खेलबाट जित निकाल्दै टोटेनहम, न्युकासल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, एभर्टोन, ब्रेन्टफर्ड र स्टोक सिटी अन्तिम आठमा पुगिसकेका छन्।
यसअघि प्रिमियर लिगको खेलमा भने लिभरपुलले घरेलु मैदानमा आर्सनललाई ३–१ गोलले हराएको थियो।