बुधबार, चैत ४, २०८२

स्पेनिस ला लिगामा बार्सिलोनाको उत्कृष्ट सुरुवात 

 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाले सहज जित निकालेको छ।

National life

सेल्टा भिगोको बालाइडोस मैदानमा सम्पन्न खेलमा घरेलु टिमलाई ३–० गोलले हराउँदै बार्सिलोनाले लिगमा दोस्रो खेल जितेको हो।

जितका लागि अन्तसू फाती र सर्जियो रोबार्टोले गोल गरे। त्यस्तै सेल्टाका लुकास ओलाजाले आत्मघाती गोल गर्दा बर्सिलोनालाई एक गोल फाइदा भएको थियो।

खेलको ११ औं मिनेटमा फिलिप काउटिन्होले दिएको पासलाई सदुपयोग गर्दै फातीले गोल गरे। फातीको गोलसँगै पहिलो हाफमा बार्सिलोना १–० गोलअन्तरले अघि रह्यो।

त्यस्तै, खेलको ५५ औं मिनेटमा मेस्सीले काउटिन्होतर्फ फलेको क्रस सेल्टाका डिफेन्डर आलाजालाई लागेर पेस्टतर्फ मोडिएपछि बार्सिलोनाले एक गोल कोसेली पायो।

Laxmi sunrise bank
kumari

यता खेलको अन्तिम गोल भने बार्सिलोनाका डिफेन्डर रोबर्टोले गरे। उनले इन्ज्युरी समयमा गोल गर्दै जितलाई ३–० मा पुर्याए।

तर खेलको ४२ औं मिनेटमै बार्सिलोनाका क्लिमन लंग्लेले रातो कार्ड खाँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो। उनले सेल्टाका डेनिस सुवारेजलाई पुस गरेपछि रातो कार्ड पाएका थिए।

गएरातिको खेलमा जितसँगै बर्सिलोनाले लगातार दुई खेलमा जित निकाल्दै लिगमा उत्कृष्ट आगमन गरेको छ। पछिल्लो सिजनमा खराब अन्त्य गरेको बार्सिलोनाले सुरुवाती दुई खेलमा उत्कृष्ट जित निकालेको छ।

जितसँगै बार्सिलोनाले ६ अंक बनाएको छ। यता पराजित सेल्टा भिगो भने ४ खेलबाट ५ अंक बनाउँदै ११ औं स्थानमा छ।

बिहीबार राति नै सम्पन्न अर्को खेलमा सेभियाले लेभान्टेलाई १–० गोले हराएको छ।
 

प्रकाशित: Oct 02, 2020| 01:09 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।