मंगलबार, माघ ६, २०८२

भौतिक दुरी कायम गरेर विद्यालयमा पठनपाठन सुरु

भौतिक दुरी कायम गरेर स्वास्थ्य सजगताका साथ पढाइ सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
 |  शुक्रबार, असोज १६, २०७७

जियालाल साह

जियालाल साह

शुक्रबार, असोज १६, २०७७

पर्सा– बाराको बारागढी गाउँपालिकाले विद्यालयमा पठनपाठन सुरु गरेको छ। 

National life

भौतिक दुरी कायम गरेर स्वास्थ्य सजगताका साथ पढाइ सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

कोभिड १९ संक्रमणबाट जोगिन नेपाल सरकारले चैतमा गरेको लकडाउनका कारण ६ महिनादेखि बन्द विद्यालयमा पठनपाठन सुरु भएको हो।

विद्यार्थी सकाइ सहजीकरण निर्देशिका २०७७ का आधारमा वैकल्पिक सिकाइ प्रक्रियानुसार पठनपाठन सुरु गराइएको बारागढीका शिक्षा अधिकृत जलमती चौधरीले बताइन्।

गाउँपालिकाको पत्र पाएपछि सरसफाइ गरेर पठनपाठन सुरु गरिएको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय बारागढी १ पिप्राका प्रधानाध्यापक रामनाथ दासले बताए।

Laxmi sunrise bank
kumari

उनका अनुसार सबै विद्यार्थी एकैसाथ विद्यालय आउँदा भौतिक दुरी कायम गर्न असम्भव भएकाले आलोपालो कक्षा सञ्चालन गर्न थालिएको छ। 

भौतिक दुरी कायम नहोला भनेर बालबालिकालाई खाजा समय नदिएरै लगातार तीन घण्टा कक्षा सञ्चालन गर्ने गरेको प्रधानाध्यापक दासले बताए। 

बारागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले स्वास्थ्य सजगता अपनाएर पठनपाठन सुरु गरिएको बताए। 

उनका अनुसार गाउँपालिकाका सामुदायिक १६ तथा संस्थापक तीन गरी सबै १९ वटै विद्यालयमा शिक्षक र विद्यार्थी संख्याका आधारमा मास्क, सेनिटाइजर र ह्यान्ड वास उपलब्ध गराइएको छ। 

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिपुरलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएकाले शिक्षकहरू समुदायमै गएर अध्यापन गराउने व्यवस्था गरिएको चौधरीले बताए। श्री जनता मावि बुधगाईंका विद्यार्थीलाई शिक्षकले समुदायमै पुगेर पढाउने गरेका छन्। 

सावधानी अपनाउँदा अपनाउँदै शंकास्पद लक्षण देखापरेमा तुरुन्तै सम्पर्क गरेर गाउँपालिकामार्फत निःशुल्क पीसीसआर जाँच गराउने व्यवस्था गरिएको अधिकृत चौधरीले बताए। 

प्रकाशित: Oct 02, 2020| 00:56 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्