आइतबार, असार २८, २०८३

रोहित र पोलार्डको सानदार प्रदर्शनमा मुम्बईको जित

इन्डियन प्रिमयिर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले जित निकालेको छ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं– इन्डियन प्रिमयिर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले जित निकालेको छ। दुबई अन्तर्राष्ट्यि रंगशालामा सम्पन्न खेलमा मुम्बईले किंग्स इलेवेन पञ्जाबलाई ४८ रनले हराएकोे हो।

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले ४ विकेट गुमाउँदै सम्पूर्ण ओभर खेलेर १९१ रन बनायो। १९२ रनको लक्ष्यका साथ मैदान पसेको पञ्जाब ८ विकेट गुमाउँदै १४३ रनमै समेटिएपछि मुम्बईले खेल जितेको हो।

जितका लागि रोहित शर्माले ७० रनको अर्धसतकिय पारी खेले। किरोन पोलार्ड अर्धसतक बनाउनबाट मात्र ३ रनले चुक्दा उनीसँगै हार्दिक पाण्ड्याले अविजित ३० रन बनाए। त्यस्तै इसान किसन २८ रनमा आउट भए।

पञ्जाबका लागि भने शेल्डक कट्रेल, मोहम्मद शामी र किष्णप्पा गोथमले समान एक–एक विकेट लिए।

जवाफी ब्याटिङमा आएको पञ्जाबका निकोलस पुरनले ४४ रन बनाए भने मायंक अग्रबालले २५ रनको योगदान दिए। त्यस्तै गोथमले अविजित २२ रन बनाउनुबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

विजेता मुम्बईका लागि भने जेम्स पटिन्सन्, जस्प्रित बुमराह, राहुल चहरले समान २–२ विकेट लिए।

साथै रोहित शर्मा ५००० रन बनाउने तेस्रो ब्याट्समेन बनेका छन्। यसअघि सुरेस रैना र विराट कोहलीले पाँच हजार रन बनाइसकेका छन्।

उनी यसअघिको खेलमा ८ रनमै आउट भएपछि पाँच हजार रनको कोशेढुंगाबाट मात्र २ रन टाढा थिए।

प्रकाशित: Oct 02, 2020| 00:37 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।