आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मुम्बईविरुद्ध पञ्जाब : टी–२० का युनिभर्सल बोस गेलले खेल्लान् ?

मुम्बईविरुद्ध पञ्जाब : टी–२० का युनिभर्सल बोस गेलले खेल्लान् ?

पहिलो सुपरओभरमा पञ्जाबलाई दिल्लीले हराएको थियो भने डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई सिजनको दोस्रो सुपरओभरमा हार मिलेको थियो।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज १३ औं खेल हुँदैछ। १३ औं खेलमा जारी संस्करणका दुई सुपरओभरमा पराजित टिम मुम्बई इन्डियन्स र किंग्स इलेवेन पञ्जाव आपसमा प्रतिस्पर्धा गर्दैछन्।

पहिलो सुपरओभरमा पञ्जाबलाई दिल्लीले हराएको थियो भने डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई सिजनको दोस्रो सुपरओभरमा हार मिलेको थियो।

आजको खेलमा मुम्बईका रोहित शर्मा केन्द्रमा रहनेछन्। पछिल्लो खेलबाट ८ रनमै आउट भएपछि उनको पाँच हजार रन बनाउने सपना अधुरै रहेको थियो। उनी पाँच हजार रनको कोशेढुंगाबाट मात्र २ रन टाढा छन्। उनले १९१ खेलमबाट ३१.६३ को औषतमा ४९९८ रन बनाएका छन्। सुरेश रैना र विराट कोहलीले उनीभन्दा धेरै रन बनाएका छन्।

त्यस्तै, पछिल्लो खेलमा ९९ रन बनाएर एक रनले टिमलाई जित दिलाउन नसकेका इसान किशन र अर्का खेलाडी किरोन पोलार्ड पनि खेलको केन्द्रमा रहने छन्।

आईपीएलका सुरुवाती तीन खेलमा नदेखिएका टी–२० क्रिकेटका युनिभर्स बोस क्रिस गेलले आज मौका पाउने विश्वास गरिएको छ। यदि कप्तान लोकेस राहुल र प्रशिक्षक अनिल कुम्बले चाहे टिममा निकोलस पुरन वा ग्लेन म्याक्सवेलको ठाउँमा उनले खेल्न सक्नेछन्।

गेल आईपीएलमा सबैभन्दा धेरै सतक प्रहार गर्ने खेलाडीसमेत हुन्। तर कप्तान केएल राहुल र मयंक अग्रवाल उत्कृष्ट फर्ममा हुँदा गेलले अवसर पाएका छैनन्।

पञ्जाव र मुम्बईबीच आजसम्म २४ खेल भएका छन्। जसमा १३ खेलमा मुम्बई विजयी भएको छ भने ११ खेल पञ्जाबले जितेको छ। पछिल्लो दुई सिजन भएका पाँच खेलमा मुम्बईले तीन र पञ्जाबले दुई खेल जितेको छ।

जारी सिजनमा दुवै टिमले ३–३ खेलमा प्रतिस्पर्धा गरेका छन्। जसमा दुबै टिमले दुई खेलमा हार बोहोदै १–१ खेलमा जित निकालेका थिए। आईपीएल इतिमासमा मुम्बईले चारपटक उपाधि जितेको छ भने पञ्जावले एक पटक उपाधि जितजेको छ।

अबुधाबीमा आज राति आकाश सफा रहने पूर्वानुमान छ। तापक्रम २८ देखि ४० डिग्री सेल्सियसबीच रहने छ। अबुधाबी रंगशालामा टस जित्ने टिमले पहिलो ब्याटिङ गर्न मन पराउनेछ।

सम्भावित प्लेइङ ११ः

मुम्बईः रोहित शर्मा (कप्तान), क्विन्टन डि कक, सूर्यकुमार यादव, इशान किसन, हार्दिक पाण्ड्या, किरोन पोलार्ड, क्रुनल पाण्ड्या, जिमी पेन्टिन्सन, राहुल, ट्रेन्ट बोल्ट र जसप्रित बामराह

पञ्जाबः केएल राहुल (कप्तान) मयंक अग्रवाल, क्रिस गेल, करुण नायर, सरफराज खान, ग्लेन म्याक्सवेल, जिमी निशम, शेल्डन काटरेल, रवि विश्नोई, मुरुगन अश्विन, मोहम्मद शमी
 

प्रकाशित: Oct 01, 2020| 11:24 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।