शनिबार, असार ७, २०८२

दोहोरीमा पनि रुचाइए रमेश प्रसाई

आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरुमा सँधै चर्चामा रहने रमेश प्रसाई अहिले फरक परिचयका साथ युट्युबमा छाएका छन्।
 |  बिहीबार, असोज १५, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

vianetvianet

काठमाडौं- आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरुमा सँधै चर्चामा रहने रमेश प्रसाई अहिले फरक परिचयका साथ युट्युबमा छाएका छन्।

पूर्वी नेपालमा एक रेडियो पत्रकारका रुपमा स्थापित भएका दुबै आँखा देख्न नसक्ने युवक रमेश वक्तृत्व क्षमताका कारण नेपालभर परिचित छन्। उनी ‘मोटिभेशनल ट्रेनर’ का रुपमा थुप्रै जिल्लामा समेत पुगिसकेका छन्। राष्ट्र र राष्ट्रियताका विषयमा तार्किक रुपमा आफ्ना अभिव्यक्ति दिने रमेश स्पष्टवक्ता, मृदुभाषी र विभिन्न भाषाको ज्ञान भएका युवक पनि हुन्।

यीनै रमेश अहिले दोहोरी गायकका रुपमा चर्चामा छन्। एउटा टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ मा रमेशले गाएको दोहोरी गीत निरन्तर ट्रेन्डिङमा छ।

लोक दोहोरी कार्यक्रमहरुबाट चर्चामा आएकी गायिका कल्पना दाहालसँग रमेशले गाएको काठे भाकाको दोहोरी गीत अहिलेसम्म ३४ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्। यो दोहोरी एक हप्ताभन्दा लामो समय ट्रेन्डिङ नम्बर नम्बर एकमा रहेको थियो भने केही दिनयता दुई नम्बरमा झरेको छ।

सामान्य रुपमा आफूलाई गायक भनेर नचिनाउने रमेशले पहिलो पटक गाएको काठे भाकालाई दर्शक तथा स्रोताले निकै रुचाएको पाइएको छ।

साथै उनैले गाएको अर्को दोहोरी पनि निकै रुचाइएको छ। जेरी भनेर चिनिने बबिता बानियाँसँग उनले खेलेको टुक्का र दोहोरी गीतलाई पनि दर्शक र स्रोताले उत्तिकै रुचाएका छन्।

जन्मजात नै दुबै आँखा नभएका युवक रमेशले आफूलाई बहुआयामिक व्यक्तिका रुपमा स्थापित गर्दै लैजाँदा उनी दोहोरी गायकका रुपमा पनि दर्शकहरुले रुचाएका हुन्।

उनले दोहोरी गाएको इन्द्रेणी कार्यक्रमले रमेशलाई आफ्नै टीममा अनुबन्धसमेत गरेको छ। समसामयिक विषयमा राम्रो सूचना राखेका उनले इन्द्रेणीसँगकै सहकार्यमा अन्तर्वार्तामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्।

प्रकाशित: Oct 01, 2020| 10:15 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्