आइतबार, असार २८, २०८३

क्यानको खेलाडी वर्गीकरण रद्द, नयाँ सूची आउने

यसअघिकाे वर्गीकरणमा असन्तुष्टि जनाउँदै केही खेलाडीले क्यानमा निवेदन दिएपछि नयाँ वर्गीकरण हुन लागेको हो।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटका राष्ट्रिय खेलाडीहरुको पुनः वर्गीकरण गर्ने भएकाे छ। यसअघि ६ असोजमा चितवनमा बसेको क्यान बोर्ड बैठकले १८ जना पुरुष र १९ जना महिला खेलाडीको वर्गीकरण गरेको थियो।

उक्त वर्गीकरणमा असन्तुष्टि जनाउँदै केही खेलाडीले क्यानमा निवेदन दिएपछि नयाँ वर्गीकरण हुन लागेको हो। 
 
क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा रहेको खेलाडी वर्गीकरण निर्धारण समितिले अब नयाँ सूची तयार गरेर क्यानको आगामी बोर्ड बैठकमा पेश गर्नेछ।

यसअघि पुरुष खेलाडीतर्फ ए श्रेणीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी र विनोद भण्डारी थिए।

त्यसैगरी बी श्रेणीमा सुशन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सर्राफ थिए। 

सी श्रेणीमा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, अभिनाश बोहोरा र कमलसिंह ऐरी थिए।

महिला खेलाडीतर्फ ए श्रेणीमा रुबिना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता राना मगर र करुणा भण्डारी थिए। 

बी श्रेणीमा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया, काजल श्रेष्ठ र सरिता मगर थिए।

सी श्रेणीमा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले परेका थिए।

 

प्रकाशित: Oct 01, 2020| 06:01 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।