शनिबार, भदौ १३, २०८३

जर्मन सुपर कपको उपाधि बायर्नलाई

काठमाडौं– जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ। उसले फाइनलमा बोरुसिया डर्टमन्डलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ। उसले फाइनलमा बोरुसिया डर्टमन्डलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो।

जितका लािग कारेन्टिन टोलिस्सो, थोमस मुलर र जोसुवा किमिचले समान १–१ गोल गरे। खेलको १८ औं मिनेटमा गोल गर्दै टोलिस्सोले बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै ३२ मिनेटमा मुलरले गोल गर्दै अग्रतालाई दोब्बर बनाए।

यता खेलको ३९ औं मिनेटमा जुलियन ब्राण्डले गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काएका थिए। ब्राण्डको गोलसँगै पहिलो हाफमा डर्टमुन्ड २–१ गोलले पछि पर्यो।

दोस्रो हाफको ५५ औं मिनेटमा इर्लिङ ब्रुट हाल्यान्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर ८२ औं मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई ३–२ गोलको जित दिलाए।

बुधबार रातिको जितसँगै जारी सिजनमा बायर्नले दुई उपाधि जितेको छ। उसले यसअघि स्पेनिस क्लब सेभियालाई हराउँदै आठौं पटक सुपरकपको उपाधि जितेको थियो।
 

प्रकाशित: Oct 01, 2020| 03:41 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।