आइतबार, असार २८, २०८३

म्यानचेस्ट युनाइटेड र एभर्टन काराबाओ कपको अन्तिम आठमा

डोमिनिक क्यालभर्ट लनको ह्याट्रिकमा काराबाओ कपको बुधबार राति सम्पन्न खेलमा एभर्टन सानदार जितसहित कपको अन्तिम आठमा प्रवेश गरेको छ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं- डोमिनिक क्यालभर्ट लनको ह्याट्रिकमा काराबाओ कपको बुधबार राति सम्पन्न खेलमा एभर्टन सानदार जितसहित कपको अन्तिम आठमा प्रवेश गरेको छ।

एभर्टनको गोडिसन पार्कमा सम्पन्न खेलमा वेस्ट हामविरुद्ध ४–१ गोलको जित निकाल्दै उ अन्तिम आठमा पुगेको हो। जितका लागि लनले ह्याट्रिक गरे भने रिकार्लिसनले एक गोल गरे।

लनले ११ औं, ७८ औं र ८४ औं मिनेटमा गोल गरेका थिए भने रिकार्लिसनले ५६ औं मिनेटमा गोल गरे।

बुधबार राति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेडले ३–० गोलको सहज जित निकाल्दै कारोबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। उनसले ब्राइटोनको फाल्मर रंगशलामा घरेलु टिमविरुद्ध सहज जित निकालेको थियो।

जितका लागि स्कट म्याक टोमिनी, जुअन माटा र पाउल पोग्बाले समान १–१ गोल गरे।

यसअघि गत शनिबार सम्पन्न प्रिमियर लिगको खेलमा पनि युनाइटेडले ब्राइटोनलाई उसकै मैदानमा हराएको थियो।
 

प्रकाशित: Oct 01, 2020| 02:14 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।