आइतबार, असार २८, २०८३

स्टार्लिङ चम्किँदा सिटी काराबाओ कपको क्वार्टरफाइनलमा

रहिम स्टार्लिङ चम्किँदा इंग्लिस काराबाओ कप अन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नलीविरुद्ध सहज जित निकाल्दै क्वार्टरफाइनलमा पुगेको छ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– रहिम स्टार्लिङ चम्किँदा इंग्लिस काराबाओ कप अन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नलीविरुद्ध सहज जित निकाल्दै क्वार्टरफाइनलमा पुगेको छ।

बर्नलीको टर्फ मोर रंगशालामा सम्पन्न खेलमा सिटीले ३–० गोलको जितका साथ क्वार्टरफाइनलको यात्रा तय गरेको हो।

जितका लागि स्टार्लिङले दुई गोल गरे भने फरान टोरेसले एक गोल गरे। खेलको ३५ औं मिनेटमा बेन्जामिन मेन्डीको क्रसलाई गोलमा बदलेर स्टार्लिङले सुरुवती अग्रता बनाए। एक गोलको अग्रतासँगै पहिलो हाफ सकियो।

दोस्रो हाफमा सिटीले दुई गोल थप्यो। खेलको ४९ औैं मिनेटमा स्टार्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता पनि दोब्बर बनाए।


त्यस्तै, गत अगस्टमा भ्यालेन्सियाबाट आएका टोरेसले ६५ औं मिनेटमा स्टार्लिङको पासलाई गोलमा परिणत गर्दै ३–० गोल अन्तर बनाए।
टोरेसलाई क्लबले २०.७८ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो।

सिटीका फरवार्ड ग्याब्रियल जेसस र सिर्जियो अग्युरो चोटग्रस्त बनेका कारण उनीहरु टिम बाहिर छन्।
 

प्रकाशित: Oct 01, 2020| 01:43 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।