बुधबार, चैत ४, २०८२

रियलको जितमा भिनिसियसको निर्णायक गोल

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।

National life

रियलको युवा खेलाडीको मैदान अल्फ्रेदो डि स्टेडियो स्टेफानो रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले भाल्लाडोलिडमाथि १–० गोलको संघर्षपूर्ण जित निकालेको हो।

जितका लागि ब्राजिलियन विंगर भिनिसियस जुनियरले निर्णायक गोल गरे। ५८ औं मिनेटमा लुका जोभिकको ठाउँमा मैदान पसेका भिनिसियसले खेलको ६६ औं मिनेटमा भालाडोलिडका खेलाडीको पास खोस्दै गोल गरेका थिए।

बुधबार रातिको जितसँगै रियल मड्रिडले लिगमा दुई जितका साथ ७ अंक बनाएको छ। तीन खेल खेलेको रियल एउटा खेलमा भने बराबरीमा रोकिएको थियो।

जारी सिजनमा समान ७ अंक बनाउको गेटाफे गोलअन्तरका आधारमा शीर्षस्थानमा छ भने भ्यालेन्सिया दोस्रो र रियल तेस्रो स्थानमा छ।

Laxmi sunrise bank
kumari

पराजित भाल्लाडोलीड भने ४ खेलबाट २ अंक बनाएर पुछारबाट तेस्रो स्थानमा छ।

ला लिगामा आजका खेलः

एथ्लेटिक क्लब र जार्डिज, राति पौने ११ बजे
सेभिया र लेभान्टे, राति पौने ११ बजे
सेल्टा भिगो र बार्सिलोना, राति सवा १ बजे
 

प्रकाशित: Oct 01, 2020| 00:53 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।