आइतबार, असार २८, २०८३

कलकत्तासँग राजस्थान पराजित

जितका लागि कलकत्ताका सुमन गिलले ४७ रनको योगदान दिए। त्यस्तै, सुनिल नरिनले १५ रन, नितिस रानाले २२ रन, आन्द्रे रसेलले, २४ रन बनाए भने इयोन मोर्गनले अविजित ३४ रन बनाए।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा राजस्थान रोयल्स पराजित भएको छ। दुबईमा सम्पन्न खेलमा कलकत्ता नाइट राइडर्सले राजस्थानलाई ३७ रनले पराजित गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको कलकत्ताले ६ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १७४ रन बनायो। १७५ रनको लक्ष्यका साथ मैदान पसेको राजस्थानले ९ विकेटको क्षतिमा १३७ रनमात्र बनाउन सकेपछि ऊ तेस्रो खेलमा पराजित भएको हो।

जितका लागि कलकत्ताका सुमन गिलले ४७ रनको योगदान दिए। त्यस्तै, सुनिल नरिनले १५ रन, नितिस रानाले २२ रन, आन्द्रे रसेलले, २४ रन बनाए भने इयोन मोर्गनले अविजित ३४ रन बनाए।

यता राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए भने अकिंत राजपूत, जयदेव उनड्कट, टम कुरन र राहुत तेबतियाले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको राजस्थानका टम कुरनले ५४ रन बनाए भने जसस बटलरले २१ रन बनाए। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
कलकत्ताका शिवम् मावी, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले समान २–२ विकेट लिए।

बुधबार रातिको जितसँगै कलकत्ता ४ अंक बनाउँदै अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ भने शीर्षस्थानको रजस्तान तेस्रो स्थानमा झरेको छ। समान अंक रहेको दिल्ली रन रेटका आधारमा शीर्षस्थानमा छ।
 

प्रकाशित: Oct 01, 2020| 00:35 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।