बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सन्दीपको टिम दिल्लीमाथि अर्को झट्का, कप्तान अयरलाई १२ लाख जरिवाना

सन्दीपको टिम दिल्लीमाथि अर्को झट्का, कप्तान अयरलाई १२ लाख जरिवाना

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० आयोजकले नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटलका कप्तान श्रेयस अयरलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरेको छ।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० आयोजकले नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटलका कप्तान श्रेयस अयरलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरेको छ।

National life

मंगलबार राति सम्पन्न खेलमा स्लो ओभर रेट गरेपछि उनलाई आईपीएल आचारसंहिताका आधारमा १२ लाख जरिवाना गरिएको आयोजकले जनाएको हो।

‘दिल्ली क्यपिटलका कप्तान श्रेयस अयरले स्लो ओभर–रेटको आचारसंहिताका आधारमा १२ लाख रुपैयाँ जरिवना तिर्नुपर्नेछ,’ आईपीएलले जारी गरेको सूचनामा भनिएको छ।

पछिल्लो पटक स्लो ओभर रेटका कारण रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली पनि १२ लाख रुपैयाँ जरिवानामा परेका थिए।

मंगलबार रातिको खेलमा दिल्ली क्यापिटल हैदराबादसँग १५ रनले पराजित भयो। १६२ रनको लक्ष्य पछ्याएको दिल्ली १४७ रनमै समेटियो। सो खेलमा कप्तान अयरले २१ बलमा १७ रन बनाएका थिए।

Laxmi sunrise bank
kumari

के हो स्लो ओभर–रेट?

टी–२० को एक इनिङका लागि औसत समय ७५ मिनेट छ। जसमा टिमले ढिलो गरी बलिङ गरी खेल अनावश्यक लम्ब्याएमा स्लो ओभर–रेट को नियमअनुसार आयोजकले कारबाही गर्न सक्छ।

तर यसमा खेलाडी गम्भीर चोट लागेर घाइते भए, खेलाडीको उपचार, ब्याटिङ साइडका खेलाडीले गरको ढिलाइ र बलिङ गर्ने साइडको नियन्त्रणबाहिरको ढिलाइले भने यो समयमा गणना गरिँदैन।

प्रकाशित: Sep 30, 2020| 11:58 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।