बुधबार, चैत ४, २०८२

आईपीएलमा आज कोलकत्ता र राजस्थान भिड्दै

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा आज राति पौने ८ बजे १२ औं खेल हुँदैछ।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं– १३ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा आज राति पौने ८ बजे १२ औं खेल हुँदैछ।

National life

आजको खेलमा लिगमा सबैभन्दा ठूलो लक्ष्य ‘चेज’ गर्न सफल राजस्थान रोयल्सले कलकत्ता नाइट राइजर्ससँग प्रतिस्पर्धा गर्दैछ। दुबईको रंगशालमा हुने खेलमा अपराजित राजस्थान र एक हार र एक जित निकालेको कलकत्तासँग भिड्न लागेको हो।

आईपीएलका आजको खेलासँगै तेस्रो चरणको खेल पनि सकिने छ। पछिल्लो खेलमा राजस्तानले चेन्नई र पञ्जावलाई हराएको थियो भने मुम्बईसँग पराजित कलकत्ताले हैदराबादलाई स्तब्ध पारेको थियो।

जारी सिजनमा राजस्थानको प्रदर्शन अब्बल रहेको छ। उसले पछिल्ला दुवै खेल शारजाहमा खेलेको छ। दुवै खेलमा २०० भन्दा धेरै रन बनाएर खेल जितेको छ। यता केकेआरले १५० रन कटाउन सकेको छैन।

पछिल्लो पाँच सिजनमा राजस्थानले कोलकत्ताविरुद्ध एक खेल मात्र जितेको छ। यसबीच यि दुई टिमले पाँच खेल खेलेका छन्।

Laxmi sunrise bank
kumari

तर समग्र टुर्नामेन्टको कुरा गर्ने हो भने, दुबैले आजसम्म २१ खेलमा प्रतिस्पर्धा गरेका छन्। जसमा १० खेल राजस्थानले जित्दा ए खेल नतिजाविहिन बनेको छ। बाँकी १० खेलमा कलकत्ताले जितेको छ।

आईपीएल इतिहासमा राजस्थानले १४९ खेलबाट ७७ जित निकालेको छ भने ७७ खेलमा हार बेहोरेको छ। २ खेल नजिताविहित बनेका छन्। त्यस्तै कोलकत्ताले १८० खेलमा ९३ जित निकालेको छ भने ८७ हार बेहोरेको छ।

आईपीएलको पहिलो सिजन राजस्थानले जितेको थियो भने २०१२ र २०१४ को सिजन कोलकत्ताले जितेको थियो।

दुबईमा आज राति आकाश सफा रहने पूर्वानुमान छ। साथै तापक्रम २७ देखि ३९ डिग्री सेन्टिग्रेडसम्म रहनेछ। पीचले ब्याट्सम्यानलाई साथ दिनेछ भने स्लो विकेट भएका कारण स्पिनर्सलाई पनि सहयोग मिल्नेछ। दुबई रंगशालामा टस जित्ने टिम पहिलो बलिङ गर्न मन पराउनेछ। यहाँ सुरुवाती ब्याटिङ गर्ने टिमको सक्कसेस रेट ५५।७६ प्रतिशत छ।

दुबईमा भएको पछिल्लो खेलको नतिजा सुपर ओभरमा निस्किएको थियो। तर आईपीएलमा यो सिजनका अन्य खेलमा भने यो मैदानमा कुनै टिमले पनि चेज गर्न सकेको छैन।

सम्भावित किंग्स ११ः स्टिभ स्मिथ(कप्तान), जोस बटलर, सन्जू समसन, रोबिन उथप्पा, रियान पराग, श्रेयस गोपाल, टम करन, राहुल तवतिया, जयदेव उनादकट, जाफ्रा आर्चर र अंकित राजपूत

कलकत्ता: दिनेश कार्तिक(कप्तान), शुभम गिल, नितिश राण, इयोन मार्गन, सुनिल नरेन, आन्द्रे रसेल, पट कमिन्स, वरुण चक्रवर्ती शिवम मावी, कुलदिप यादव र कमलेश नगरकोटी
 

प्रकाशित: Sep 30, 2020| 11:24 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।