आइतबार, असार २८, २०८३

फ्रेन्च ओपनबाट सेरेनाको नाम फिर्ता

विश्व महिला टेनिस वरीयताकी पूर्व नम्बर वान खेलाडी सेरेना विलियम्सले जारी फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छन्। 
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं – विश्व महिला टेनिस वरीयताकी पूर्व नम्बर वान खेलाडी सेरेना विलियम्सले जारी फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छन्। 
तीन पटक विजेता बनेकी विलियम्सले खुट्टाको मांसपेशीमा चोट लागेका कारण नाम फिर्ता लिएकी हुन्।

३९ वर्षे विलियम्सले दोस्रो चरणको खेल बुधबार बुल्गेरियन जवेटाना पिरोंकोभाविरुद्ध खेल्ने तालिका थियो। 

अमेरिकी खेलाडी सरेनाले पछिल्लो पटक इटालियन ओपन जित्दा जीवनको २३ औं ग्रान्डस्लाम जितेकी थिइन्। उनी २४ पटक ग्रान्डस्लाम जितेर मार्गरेटा कार्टको कीर्तिमानसँग बराबरी गर्न चाहन्थिन्।

‘मलाई लाग्छ मैले चारदेखि ६ हप्तासम्म आराम गर्नुपर्छ,’ उनले पत्रकार सम्मेलनमा भनिन्।

उनी अहिले सजिलोसँग हिँड्न नसक्ने भएकी छन्। उनले आफूलाई लागेको चोट गम्भीर प्रकृतिको भएकाले यसलाई हल्का रुपमा नलिने बताएकी छन्।

उनी यही महिनाको सुरुमा भएको यूएस ओपनको सेमिफाइनलबाट खुट्टाको समस्यासँग जुधिरहेकी थिइन्। उक्त खेलमा उनी भिक्टोरिया अजेरेन्कासँग पराजित भइन्।

यता, फ्रेन्च ओपनको पहिलो खेलमा भने उनले अमेरिकी किस्टी अनलाई सोझो सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरेकी थिइन्।

उनले चोटका कारण यस वर्ष अन्य प्रतियोगिता खेल्ने÷नखेल्नेबारे केही भन्न नसक्ने बताइन्। ‘मलाई थाहा छैन यो वर्ष प्रतियोगतामा भाग लिन सक्छु वा सक्दिनँ। मेरो खराब समय चलिरहेको जस्तो लागेको छ,’ उनले भनिन्।

यही महिनाको सुरुमा सम्पन्न यूएस ओपनकी विजेता जापानकी २२ वर्षीया स्टार नोओमी ओसाका पनि चोटका कारण आराम गरिरहेकी छन्। उनले तेस्रो ग्रान्डस्लाम उपाधि जितेपछि नै फ्रेन्च ओपनमा सहभागी बन्न नसक्ने बताएकी थिइन्। 
 

प्रकाशित: Sep 30, 2020| 11:20 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।