सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुदूरपश्चिममा थपिए प्रयोगशाला, बढेन पीसीआर परीक्षण 

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रयोगशालाहरू थपिए पनि परीक्षणको दायरा भने बढ्न सकेको छैन।
 |  बुधबार, असोज १४, २०७७
nespernesper

भीम चौधरी

भीम चौधरी

बुधबार, असोज १४, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रयोगशालाहरू थपिए पनि परीक्षणको दायरा भने बढ्न सकेको छैन।

triton college

प्रदेशमा कैलाली, डडेल्धुरा, डोटी, बैतडी र बझाङ गररे पाँच स्थानमा कोरोना परीक्षण प्रयोगशाला स्थापना भएका छन। 

प्रदेशमा हालसम्म पीसीआर प्रविधिबाट कोभिड–१९ परीक्षणका लागि ८४ हजार तीन सय २७ नमुना संकलन गरिएकोमा ८३ हजार दुई सय ९७ नमुनाको परीक्षण गरिएको छ। 

संकलन भएका नमुनामध्ये एक हजार ३० नमुनाको परीक्षण हुन सकेको छैन। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा संकलन भएको आठ सय २६ नमुनाको परीक्षण हुन सकेको छैन। 

डोटी अस्पताल प्रयोगशालामा दुई, बैतडी अस्पताल प्रयोगशालामा ७५, बझाङ अस्पताल प्रयोगशालामा एक सय, डडेल्धुरा अस्पताल प्रयोगशालामा २७ नमुनाको परीक्षण हुन सकेको छैन।

Metro Mart
vianet

प्रदेशको सेती प्रादेशिक अस्पतालमा ४३ हजार ९०८, डडेल्धुरा अस्पतालमा १७ हजार २९, डोटी अस्पतालमा चार हजार १९९, बैतडी अस्पतालमा ४४५, बझाङ अस्पतालमा ७५९ नमुना परीक्षण भएका छन्।

राष्ट्रिय प्रयोगशालामा १६ हजार ३१८ र अन्यमा १८४ गरि हालसम्म ८२ हजार ८४२ नमुना परीक्षण भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका सबै प्रयोगशालामा पछिल्लो २८ दिनयता सबैभन्दा बढी असोज ४ गते कोरोना भाइरस नमुना परीक्षण भएको छ। सो दिन सुदूरपश्चिम प्रदेशमा नौ सय ९४ नमुना परीक्षण भएकोको थियो।  

सेती प्रादेशिक अस्पतालमा गत चैत २० गते, डडेल्धुरामा असार १८ गते, डोटीमा भदौ २ गते, बैतडीमा असोज १ गते र बझाङमा असोज ८ गतेदेखि पिसिआर परीक्षण शुरु गरिएको हो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले प्रदेशमा दैनिक छ हजार नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको बताए। 

स्थानीय तहले नमुन संकलन नगर्दा परीक्षण कम !
‘प्रदेशका पाँच र अन्य प्रयोगशालामा गरेर दैनिक ६ हजार नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको छ,’ डा अवस्थीले भने, ‘तर, अहिले दैनिक एक हजार पनि नमुना परीक्षण हुन सकेका छैन।’

स्थानीय तहहरूले नमुना संकलन गर्न नसक्दा परीक्षणको दायरा बढ्न नसकेको डा. अवस्थीको भनाइ छ। निर्देशनालयले आवश्यकता अनुसार प्रयोगशालाहरू स्थापना गरिरहेको बताउँदै स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले भने, ‘अब केही दिनमै अछाममा पनि कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा आउने छ।’

क्वारेन्टाइनमा रहेका र कोरोना संक्रमितको सम्पर्कमा आएका शंकास्पद व्यक्तिहरूको नमुना संकलन गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको भएको अवस्थीको दावी छ।  

सुदूरपश्चिम प्रदेशमा भदौ १६ गतेदेखि असोज १३ गते (२८ दिन) सम्म १७ हजार दुई सय सात जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रदेशमा हालसम्म सेती प्रादेशिक अस्पतालमा दुई हजार सात सय ६५, डडेल्धुरामा आठ सय ७१, डोटीमा तीन सय ९६, बैतडीमा १२, बझाङमा ६२ जनामा कोरोना पुष्टि भएको छ।

राष्ट्रिय प्रयोगशालामा दुई हजार नौ सय ८४ र अन्यमा २८ गरी सुदूरपश्चिममा सात हजार एक सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।

प्रदेशमा बढे सक्रिय संक्रमित
सुदूरपश्चिम प्रदेशमा मंगलबार ३२ जना थपिएसंगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ। सोमबार एक हजार दुई सक्रिय संक्रमित रहेको प्रदेशमा मंगलबार सक्रिय संक्रमितको संख्या एक हजार २४ पुगेको छ।

निर्देशनालयका अनुसार सक्रिय संक्रमित सबैभन्दा बढी कैलालीमा छन्। कैलालीमा पाँच सय एक, डोटीमा एक सय ३६, अछाममा ९७, बझाङमा एक सय १७, बैतडीमा ८४, कञ्चनपुरमा ४७, दार्चुलामा ३० र डडेल्धुरामा १२ जना सक्रिय संक्रमित छन्।

निर्देशनालयका अनुसार बाजुरा जिल्लामा कोरोनाका सक्रिय संक्रमित नरहेको जनाइएको छ।

मृत्यु हुनेको संख्या १६ पुग्यो
प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ। निर्देशनालयका अनुसार कैलालीमा आठ, अछाम, बझाङ, बाजुरामा दुई/दुई, बैतडी र डडेल्धुरामा एक÷एक जनाको कारोना संक्रमणबाट मृत्यु भएको छ। 

छ हजार भन्दा बढी निको  
सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५१ जना निको भएर घर फर्केका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार सेती प्रादेशिक अस्पतालबाट दुई, कञ्चनपुरबाट एक, अछामबाट ४५ र डोटीबाट तीन गरी ५१ जना निको भएर घर फर्केका हुन।

योसंगै प्रदेशमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या छ हजार एक सय एक पुगेको छ।

एक हजार क्वारेन्टिनमा 
सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी हाल एक हजार भन्दा बढी व्यक्ति क्वारेन्टिनमा छन्। प्रदेशमा चार सय ८० महिला र एक हजार दुई सय ५८ पुरुष गरी एक हजार सात सय ३८ जना क्वारेन्टिनमा रहेको निर्देशनालयले जनाएको छ।  
 

प्रकाशित: Sep 30, 2020| 04:24 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।