शनिबार, कात्तिक २९, २०८२

बिसीको ‘झम्क्या बुँलाकी’ छोटो समयमै चर्चित 

संगीतकार तथा गीतकार भीम बिसीको नयाँ गीत ‘झम्क्या बुँलाकी’ युटुबमा सार्वजनिक भएको १५ घन्टा नपुग्दै दुई लाख ८१ हजारभन्दा बढीले हेरेका छन।  
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं– संगीतकार तथा गीतकार भीम बिसीको नयाँ गीत ‘झम्क्या बुँलाकी’ युटुबमा सार्वजनिक भएको १५ घन्टा नपुग्दै दुई लाख ८१ हजारभन्दा बढीले हेरेका छन।  

National life

बिसीको शब्द र संगीत रहेको गीतमा टेक बिसी र अस्मिता अधिकारीले आवाज दिएका छन्। उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ श्याम श्वैत रसाइलीले गरेका हुन्। 

नितिन चन्दले निर्देशन तथा सम्पादन गरेको म्युजिक भिडियोको कोरियोग्राफी राजिभ समरले गरेका छन्।

रुपेश थापाले छायांकन गरेको गीतमा कलाकार बुद्धि तामाङ ‘हैट’, सुधिर, दमन, विशाल, श्रेया, उषा र समिक्षालगायतले अभिनय गरेका छन्। कलाकारको कथात्मक अभिनयले पनि गीत बढी रुचाइएको हुनसक्ने बिसीले बताए। 

विशाल रेग्मी प्रोड्युसर रहेको गीतको निर्माण योर स्टाइल प्रोडक्सनले गरेको गीत ८ के एभरेष्ट मोसन पिक्चर्स युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। 

Laxmi sunrise bank
kumari

यसअघि भीम बिसीले एकान दुइकान मैदान, झुमा झुमा, बस बस रे, तारा बाजी लै लै, टालाटुली बाटुली, साइबौ, धनगढी पश्चिम नेपालजस्ता दर्जनौ चर्चित गीत सार्वजनिक गरिसकेका छन्।

प्रकाशित: Sep 30, 2020| 02:34 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्