आइतबार, असार २८, २०८३

फ्रेन्च ओपनमा जोकोविचको सानदार सुरुवात

फ्रेन्च ओपनमा विश्व नम्बर वान टेनिस खेलाडी नोभाक जोकोविचले सानदार सुरुवात गरेका छन्।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं– फ्रेन्च ओपनमा विश्व नम्बर वान टेनिस खेलाडी नोभाक जोकोविचले सानदार सुरुवात गरेका छन्। उनले स्विडेनका माइकल यमरलाई ३–० सोझो सेटमा हराउँदै प्रतियोगिताको सुरुवात गरेका हुन्।

३३ वर्षे सर्वियन स्टार जोकोविचले स्विडिस खेलाडी यमरलाई ६–०, ६–२ र ६–३ को साझो सेटमा हराएका हुन्।

२० मिनेटको पहिलो सेटमा जित निकालेपछि उनले बलियो प्रदर्शन जारी राख्दै एक घण्टा ३८ मिनेटको खेल जिते। 

‘मेरो खेल रणनीति यस्तै थियो र हुनेछः राम्रो ब्लक गर्ने, बलियो खेल खेल्ने,’ उनले खेलपछि भने।

अहिले फ्रान्समा मौसम परिवर्तन भएको छ। ‘यहाँ धेरै कुराहरु परिवर्तन भएका छन्। सबैलाई यसैको चिन्ता छ। धेरैलाई बल, गह्रौँ माटो र चिसो मौसमको चिन्ता छ,’ उनले भने, ‘तर मेरो खेल स्टाइललाई भने यसले कुनै फरक पार्दैन।’

अब पेरिसमा हुने अर्को राउन्डमा जोकोविचले रिकार्डस बेरान्किससँग प्रतिस्पर्धा गर्नेछन्। विश्व नम्बर ६६ बेरान्किसले पनि बोलिभियनका हुगो डेलियनलाई सोझो सेटमै हराएर दोस्रो राउन्ड पुगेका छन्।

जोकोविच दोस्रो पटक फ्रेन्च ओपन जित्दै आफ्नो १८ औं ग्रान्डस्लाम जित्ने आशाका साथ प्रतियोगितामा समावेश भएका छन्।
 

प्रकाशित: Sep 30, 2020| 01:16 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।