आइतबार, असार २८, २०८३

आईपीएल: दिल्लीविरुद्ध हैदराबादको जित

इन्डियन प्रिमियर लिग (आईपीएल)को मंगलबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल पराजित भएको छ। 
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को मंगलबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल पराजित भएको छ। 
अबुधाबी रंगशालामा सम्पन्न खेलमा हैदराबादले दिल्लीलाई १५ रनले हराएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले पुरा २० ओभरमा चार विकेट गुमाउँदै १६२ रन बनाएको थियो। 

१६३ रनको लक्ष्य लिएर मैदान पसेको दिल्ली ७ विकेट गुमाएर १४७ रनमै समेटिएपछि हैदराबादले जित निकालेको हो।

जितका लागि कप्तान डेबिड बार्नरले ४५ रन जोडे भने जान्नी वेयरस्टोले ५३ रनको अर्धसतकीय पारी खेले। त्यस्तै केन विलियम्सनले २६ बलमा ४१ रन प्रहार गरे।

दिल्लीका लागि कागिसो रबडा र अमित मिश्राले समान २–२ विकेट लिए। जवाफी ब्याटिङमा आएको दिल्लीका शिखर धवनले ३४, कप्तान श्रेयस अयरले १७, ऋषभ पन्तले २८ रन बनाए भने सिमरन हेत्मेयरले २१ रनको योगदान दिए।

हैदराबादका रशिद खानले तीन विकेट लिँदा भुवनेश्वर कुमारले २ विकेट लिए। एक विकेट लिनेमा खलिल अहमद र टी नटराजन रहे।

गएरातिको जितसँगै हैदराबादले जारी सिजनमा पहिलो जित निकालेको छ भने दिल्लीले तेस्रो खेलमा पहिलो हार बेहोरेको छ। 

४ अंक बनाएको दिल्ली अहिले रन रेटका आधारमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ। शीर्षस्थानमा राजस्थान रोयल्स छ।
पहिलो जित निकाल्दै २ अंक जोडेको हैदराबाद छैटौं स्थानमा छ।
 

प्रकाशित: Sep 30, 2020| 00:47 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।