शनिबार, कात्तिक २९, २०८२

डा. भोला रिजालको शब्दमा ‘सलाम छ स्वास्थ्यकर्मीलाई’ सार्वजनिक

ओएसआर डिजिटल युट्युब च्यानल मार्फत् मंगलबार उक्त गीत सार्वजनिक गरिएको हो। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– डा. भोला रिजालको शब्दमा रहेको ‘सलाम छ स्वास्थ्यकर्मीलाई’ गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानल मार्फत् मंगलबार उक्त गीत सार्वजनिक गरिएको हो। 

National life

गायक शिव परियार र मेलिना राईको स्वरमा रहेको गीतको संगीत नारायण ओली, सम्पादन प्रकाश तुलाधर र व्यवस्थापन महाराज थापाले गरेका छन्। भिडियोको निर्देशन विदुर पाण्डेले गरेका हुन्। 

गीतमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुले खेलेको भूमिकालाई देखाइएको छ। 

गीतको भिडियोमा अधिकारकर्मी अनुराधा कोइराला, आविष्कारक महाविर पुन, पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल, पूर्व नेपाल प्रहरीका डिआइजी रमेश खरेल, डा. सुरेन्द्र केसी, डा. भोला रिजाल, कलाकर दिपकराज गिरी, दिपा श्री निरौला, गौरी मल्ल लगायतले अभिनय गरेका छन्। 

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 29, 2020| 11:36 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्