आइतबार, असार २८, २०८३

आईपीएलमा जितविहीन हैदराबाद र अपराजित दिल्लीको भिडन्त

आईपीएलमा यि दुवै टिमको आजसम्म १५ खेल भएका छन्। जसमा हैदराबादले ९ र बाँकी खेल दिल्लीले जितेको छ।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति पौने ८ बजे ११ औं खेल हुँदैछ।

यूएईको अबुधाबीमा हुने खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटलले सनराइजर्स हैदराबादको सामना गर्दैछ। 

अंकतालिकाको शीर्षस्थानमा रहेको आजको दिल्ली आज तेस्रो खेलबाट प्रतियोगितामा जितको ह्याट्रिक गर्न चाहन्छ। यो सिजनभन्दा पहिले सन् २००९ मा दिल्लीले सुरुवाती ३ खेल जितेको थियो। अहिले अंकतालिकामा उसको ६ अंक छ।

दिल्लीले जारी सिजनको पहिलो खेलमा पञ्जाबलाई र दास्रो खेलमा चेन्नईलाई हराएको थियो। प्रतियोगितामा दिल्लीका युवा खेलाडी पृथ्वी शा, ऋषभ पन्त र श्रेयस अय्यर शानदार प्रदर्शन गरिरहेका छन्।

यता, हैदराबद भने दुवै खेलमा जितविहीन रहँदै अकंतालिकाको पुछारमा छ। यसकारण ऊ आजको खेलबाट आईपीएलमा खाता खोल्न चाहन्छ। हैदराबादका डेबिड वार्नर र जोनी वायरस्टोप्रति खेलको मुख्य जिम्मेवारी हुनेछ। साथै रशिद खान र भुवनेश्वर कुमार सम्मिलित टिममा उसको मुख्य तागत बलिङ रहनेछ।

आईपीएलमा यि दुवै टिमको आजसम्म १५ खेल भएका छन्। जसमा हैदराबादले ९ र बाँकी खेल दिल्लीले जितेको छ। पछिल्लो दुई सिजनका ५ खेलमा भने दिल्लीले २ र हैदराबादले ३ खेल जितेको छ।

आईपीएलमा हैदराबादले १११ खेलमा ५८ जित हात पारेको छ भने दिल्लीले १७९ खेलबाट ७९ खेल जितेको छ भने दुई खेल नतिजाविहिन भएका थिए।

अबुधाबीमा आज राति आकाश सफा रहने पूर्वानुमान छ। साथै तापक्रम २९ देखि ३८ डिग्री सेन्टिग्रेडसम्म रहनेछ। पीचले ब्याट्सम्यानलाई साथ दिनेछ भने स्लो विकेट भएका कारण स्पिनर्सलाई पनि सहयोग मिल्नेछ।

शेख जायद रंगशालामा टस जित्ने टिम पहिलो बलिङ गर्न मन पराउनेछ। यहाँको पछिल्लो टी–२० का ४४ खेलमा सुरुमा बलिङ गरेका २५ टिमले जित निकालेका छन्। 

सम्भावित प्लेइङ ११ 

दिल्ली क्यापिटलः श्रेयस अय्यर (कप्तान), शिखर धवन, पृथ्वी शा, ऋषभ पन्त, शिमरान हेट्मेयर, कार्मस स्टोइनिस, अक्षर पटेल, कागिसो रबाडा आवेश खान, एनरिच नोत्जे, अमित मिश्रा

सानराइजर्स हैदराबादः डेबिड वार्नर (कप्तान), जोनी बेयरस्टो, मनिपा पाण्डे, ऋद्धिमान साहा, पियम गर्ग, मोहम्मद नबी, राशिद खान, खलिल अहमद, टी नटराजन, भुवनेश्वर कुमार, अभिषेक शर्मा
 

प्रकाशित: Sep 29, 2020| 11:24 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।