शनिबार, कात्तिक २९, २०८२

प्रमोद र ऋचाको ‘छाती चिरेर’ रुचाइयो

गीत सार्वजनिक भएको २४ घन्टामा नै २० नम्बर ट्रेन्डिङमा परेको छ।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– गायक प्रमोद खरेलले आफ्नो रचनामा रहेको ‘छाती चिरेर’ बोलको गीत सार्वजनिक गरेका छन्। खरेलले आफ्नो युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरेका हुन्। 

National life

गीत सार्वजनिक भएको २४ घन्टामा नै २० नम्बर ट्रेन्डिङमा परेको छ। हरि लम्सालको संगीत रहेको गीतको निर्देशन दिपकप्रसाद आचार्यले गरेका हुन्। चन्दन दत्तको सम्पादन रहेको गीतको छायांकन अर्जुन तिवारीले गरेका छन्। 

गीतको भिडियोमा गायक खरेल आफैंले अभियन गरेका छन्। नायिका ऋचा शर्मा गीतको भिडियोमा खरेलको श्रीमतिको भूमिकामा देखा परेकी छिन्। 

वियोगात्मक प्रेम गीतमा खरेल ह्वील चेयरमा जीवन बिताइरहेका हुन्छन्। उनको स्याहारसुसार गर्ने र रेखदेखमा श्रीमतीको भूमिकामा रहेकी शर्माले गरिरहेको देखिन्छ। 

गायक खरेलले गीत सार्वजनिक गर्नु अघि देखि नै यो गीतमा निकै मेहनत गरिएको बताएका थिए। उनले सार्वजनिक गरेको यो गीतको गायन, संगीत र भिडियो उत्कृष्ट रहेको प्रतिक्रिया आइरहेका छन्।

Laxmi sunrise bank
kumari

गायक खरेलका यसअघि धरोधर्म विद्यानास, यो कुरा गोप्य, ओइ झुमा, मेरो दिल पोखरामा लगायतका थुप्रै गीतहरु चर्चित छन्। 

खरेलले आधुनिक, पप, भजन, लोकगीत र खेलसँग सम्बन्धित गीतहरु बजारमा ल्याइसकेका छन्। खरेल नेपालकै चर्चित रियालिटी शो भ्वाइस अफ नेपालका कोच पनि हुन्।  

प्रकाशित: Sep 29, 2020| 10:26 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्