आइतबार, असार २८, २०८३

आर्सनललाई हराउँदै ईपीएलमा लिभरपुलको तेस्रो जित

काठमाडौं– डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग (ईपीएल)मा तेस्रो जित निकालेको छ। लिभरपुलको मैदान एनफिल्डमा सम्पन्न खेलमा आर्सनललाई ३–१ गोलले हराउँदै घरेलु टिमले जित निकालेको हो।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग (ईपीएल)मा तेस्रो जित निकालेको छ। लिभरपुलको मैदान एनफिल्डमा सम्पन्न खेलमा आर्सनललाई ३–१ गोलले हराउँदै घरेलु टिमले जित निकालेको हो।

जितका लागि साडियो माने, इन्ड्रिउ रोबर्टसन र डिओगो जोताले एक–एक गोल गरे। खेलको २८ औं मिनेटमा मानेले लिभरपुलका लागि पहिलो गोल गरे। एक गोलले पछि परेको अवस्थामा उनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसअघि आर्सनलका अलेक्जेन्डर जकाजेट्टेले गोल गरेका थिए।

त्यस्तै, खेलको ३४ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले दिएको पासलाई सदुपयोग गर्दै रोबर्टसनले गोल गरेर लिभरपुललाई पहिलो हाफमा २–१ गोलको अग्राता दिलाए।

लिभरपुलले दोस्रो हाफमा पनि एक गोल थप्यो। ८८ औं मिनेटमा जोताले गोल गर्दै जितलाई ३–१ को अन्तरमा पुर्याए।

जितसँगै लिभरपुललाई थप तीन अंक प्राप्त भएको छ। ऊ तीन खेलमा जित निकाल्दै अंकतालिको दोस्रो स्थानमा उक्लिएको छ। समान ९ अंक बनाएको लेस्टर सिटी गोलअन्तरको आधारमा शीर्षस्थानमा छ।

प्रकाशित: Sep 29, 2020| 00:39 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।