आइतबार, असार २८, २०८३

सुपरओभरमा मुम्बईलाई बैंगलोरले हरायो

सुपरओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य पूरा गर्दै बैंगलोरले खेल जितेको हो।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सविरुद्ध रोयल च्यालेन्जर्स बैंगलोरले सुपर ओभरमा जित निकालेको छ। सुपरओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य पूरा गर्दै बैंगलोरले खेल जितेको हो।

जितका लागि बैंगलोरले विना विकेट ११ रन बनाएको थियो भने पहिले ब्याटिङ गरेको मुम्बईले एक विकेट गुमाएर ७ रन बनाएको थियो।

दुबई इन्टरनेसनल रंगशालामा त्यसअघि सम्पन्न खेलमा मुम्बईले टस जित्दै बैंगलोरलाई ब्याटिङको निम्तो दिएको थियो। पहिलो इंनिङमा ब्याटिङ सम्हालेको बैंगलोरका एबी डिभिलियर्सले अविजित ५५ रन बनाए भने ओपनर देवदत्त पोडिक्कलले ५४ रनको योगदान दिए।

आरोज फिन्चले पनि ५२ रनको अर्धसतकिय इनिङ खेले भने शिवम् दुवेले अविजित २७ रन जोडे।

यता मुम्बईका ट्रेन्ट बोल्टले २ र राहुल चहरले एक विकेट लिएपछि भने बैंगलोरले तीन विकेटको क्षतिमा २०१ रन जोड्यो।

२०२ रनको लक्ष्य पछ्याएको मुम्बईका इसान किशन सतक प्रहार गर्नबाट एक रनले चुके भने किरोन पोलार्डले ६० रनको अर्धसतकिय इनिङ खेले।

बैंगलोरका इसुरु उडानाले दुई विकेट र विसिंटन सुन्दर, युजवेन्द्र चहल र एडम जम्पाले समान एकएक विकेट लिएपछि भने मुम्बई लक्ष्य प्रप्त गर्न एक रनले चुक्यो। र, खेल सुपरओभरमा धकेलियो।
 

प्रकाशित: Sep 29, 2020| 00:12 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।