बुधबार, चैत ४, २०८२

विराटको बैंग्लोर बलियो कि रोहितको मुम्बई ? खेल आज राति

मुम्बईले आईपीएलको ५ फाइनल खेलमा सहभागी हुँदै ४ उपाधि जितेको छ तर दुई फाइनल खेलेको बैंग्लोरले उपाधि जित्न सकेको छैन।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं– १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइएल)मा आज राति पौने ८ बजे १० औं खेल हुँदैछ।

National life

आजको खेलमा भारतीय टोलीका कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले ओपनर रोहित शर्माको टिम मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ।

यो सिजनमा उनीहरु दुबई इन्टरनेसन रंगशालामा पहिलोपटक प्रतिस्पर्धा गर्दैछन्। दुवै टिम दोस्रो जितको लक्ष्यका साथ मैदान प्रवेश गर्नेछन्।

खेलमा कप्तान शर्मा र अर्का कप्तान कोहली केन्द्रमा रहनेछन्। उनीहरु सम्मिलित अक्सर दुवै खेलाडी केन्द्रमै रहने गर्छन्। कप्तान शर्मा आईपीएलमा पाँच हजार रन बनाउनबाट मात्र १० रन टाढा छन्। यसकारण पनि उनी केन्द्रमा रहनेछन्।

अहिलेसम्म दुई ब्याट्सम्यनले मात्र पाँच हजारभन्दा धेरै रन बनाएका छन्। कोहलीले पाँच हजार ४२६ रन बनाएका छन् भने सुरेश रैनाले पाँच हजार ३६८ रन बनाएका छन्।

Laxmi sunrise bank
kumari

कोहलीले अघिल्लो खेलमा खराब प्रदर्शन गरेका कारण उनी आलोचित बनेका थिए। यसकारण उनको आजको प्रदर्शन कस्तो हुनेछ भन्ने चासो रहनेछ।

जारी आईपीएलमा दुवै टिमले समान २–२ खेल खेलिसकेका छन्। आज उनीहरुको तेस्रो खेल हो। मुम्बईले पहिलो खेलमा चेन्नईसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा कलकत्तालाई हराएको थियो।

यता बैंग्लोरले पहलो खेलमा हैदराबादलाई हराएको थियो भने दोस्रो खेलमा पञ्जावसँग पराजित भएको थियो।

सुरुवाती सिजनबाट मुम्बइले १८९ खेलमा ११० खेल जितेको छ भने बैंग्लोरले १८३ खेलमा ८५ जित निकालेको छ।

हेड टू हेड

आईपीएलमा बैंग्लोरविरुद्ध मुम्बईले अधिक खेलमा जित निकालेको छ। २७ खेलमध्ये १८ खेलमा मुम्बईले जित निकालेको छ भने बाँकी ९ खेलमा बैंग्लोरले कब्जा जमाएको छ। अर्थात्, बैंग्लोरविरुद्ध मुम्बईले दुई तिहाइ जित हात पारेको छ।

पछिल्ला १० खेलमा कोलहीको टिमले २ खेलमात्र जितेको छ भने गत सिजन मुम्बईलाई हराउन सकेन।

मुम्बईले आईपीएलको ५ फाइनल खेलमा सहभागी हुँदै ४ उपाधि जितेको छ तर दुई फाइनल खेलेको बैंग्लोरले उपाधि जित्न सकेको छैन।

पीच र मौसम

दुबईमा आज राति आकाश सफा रहनेछ। त्यस्तै, मैदानको तापक्रम २७ देखि ३९ डिग्री सेन्टिग्रेडसम्म रहनेछ।

पीचले ब्याट्सम्यानलाई सहयोग मिल्नेछ भने स्लो विकेट भएका कारण स्पिनर्सलाई पनि सहयोग मिल्नेछ।

टस जित्ने टिमले पहिला ब्याटिङ रोज्न मन पराउँछ। तर आईपीएलका पछिल्ला ९ खेलमध्ये एक खेलमा मात्र टस जित्ने टिमले ब्याटिङ रोजेको छ।

दुबईमा यो सिजन आईपीएलका ४ खेल भइसकेका छन्। चारै खेलमा कुनै टिमले लक्ष्य भेट्न सकेका छैनन्। तर दिल्ली–पञ्जाबको खेल भने सुपरओभरमा टुंगिएको थियो। पहिलो ब्याटिङ गरेको दिल्लीले नै जित निकाल्यो।

प्लेइङ ११

मुम्बईः रोहित शर्मा (कप्तान), सुर्यकुमार यादव, सौरभ तिवारी, क्विन्टन डि कक, हार्दिक पाण्ड्या, क्रुनल पाण्ड्या, किरोन पोलार्ड, जेम्स पेन्टिसन, राहुल चाहर, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह

बैंग्लोरः विराट कोहली (कप्तान), एरोन फिन्च, एबी डिविलियर्स, जोस फिलिप, देवदत्त पोडिक्कल, शिवम् दुबे, वाशिंटन सुन्दर, क्रिस मोरिसन, नवदिप सैनी उमेश यादव, युजवेन्द्र चाहल

प्रकाशित: Sep 28, 2020| 11:16 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।