आइतबार, असार २८, २०८३

‘अन्सू फाती र लियोनेल मेस्सीको जोडीदेखि बच्नुहोस्’

आइतबार राति सम्पन्न भिल्लारियलविरुद्धको खेलमा बार्सिलोनाका युवा स्टार अन्सू फातीले दुई र कप्तान लियोनेल मेस्सीले एक गोल गरेसँगै क्याटलान क्लबमा प्रशिक्षक रोनाल्ड कोयमेनको युग सुरु भएको छ।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं– आइतबार राति सम्पन्न भिल्लारियलविरुद्धको खेलमा बार्सिलोनाका युवा स्टार अन्सू फातीले दुई र कप्तान लियोनेल मेस्सीले एक गोल गरेसँगै क्याटलान क्लबमा प्रशिक्षक रोनाल्ड कोयमेनको युग सुरु भएको छ।

ला लिगा २०२०–२१ अन्तर्गत गएराति पहिलो खेलमा सहभागी बार्सिलोनाले सुखद जित निकाल्यो। डच प्रशिक्षकले सुरुवाती ४–२–३–१ को फोर ब्यान्ड्समा पहिलो खेल निकै प्रभावकारी रुपमा खेलाए। ‘ब्यालेन्स फ्लेक्जेविलिटी’का हिसाबले फुटबलमा यो फर्म्याट प्रभावकारी मानिन्छ।

यो फर्म्याट मैदान कभरका लागि पनि उपयुक्त हुन्छ।

कोम्यानले मेस्सीलाई अघि सारेर सेकेन्ड फरवार्ड लाइनमा स्ट्राइकर एन्टोनी ग्रिजम्यान, अट्याकिङ मिडफिल्डर फिलिप काउटिन्हो (बीचमा) र लेफ्ट विंगर फातीलाई स्थान दिएका थिए।

त्यस्तै स्ट्रङ डिफेन्सिङका लागि उनले सेन्टर ब्याकमा गेरार्ड पिक र क्लिमेन्ट लेन्गेटलाई रोजेका थिए। उनको यो रणनीतिलाई फुटबलमा ‘डबल पिभोट’ सिस्टम भनिन्छ।

उनको डिफेन्सिङ रणनीति पनि शक्तिशाली नै ठहरियो। जहाँ उनले कुनै गोलको समाना गर्नु परेन। र, गएरातिको खेलमा बार्सिलोनाले ४–० को नतिजामा खेल जित्यो।

४–२–३–१ फर्म्याटको एट्याकिङ ‘पासर’मा क्रिएटिभ मिडफिल्डर चाहिन्छ। जसमा उनले काउटिन्होलाई रोजे। काउटिन्होले अन्सू फातीको दोस्रो गोललाई पास उपलब्ध गराउँदै कोम्यानको फर्म्याट सही सावित गरिदिए।

त्यस्तै खेलको १९ औं मिनेटमा फातीको पहिलो गोलका लागि भने डिफेन्डर जोर्डी अल्वाले पास उपलब्ध गराएका थिए। सुरुवाती २० मिनेटमै दुई गोल फातीलाई ३५ औं मिनेटमा मारियो ग्यास्परले मैदानमा लडाएपछि बार्सिलोनाले पेनाल्टीको अवसर पायो।

पेनाल्टीमा गोल गर्दै कप्तान मेस्सीले बार्सिलोनालाई ३–० गोलको अग्रता दिलाए। पहिलो हाफमा उसको अग्रता यतिमै सीमित रहेन। अन्तिम मिनेटमा पाउ टोरेसले आत्मघाती गोल गरेपछि पहिलो हाफमै बार्सिलोनाले ४–० गोलको अग्रता बनायो।

दोस्रो हाफमा पनि उसले अग्रता कायम राख्दै खेल जित्यो। तर अतिरिक्त गोल गर्न सफल भएन। ६५ औं मिनेटमा मेस्सीको प्रहार पोलमाथीबाट गएपछि उनको थप अघि बढ्ने योजना भने सफल भएन।

बार्सिलोनमा फेरि जमेका मेस्सी

सिजनबीच बार्सिलोनाको समय तिक्ततापूर्ण रह्यो। यसैबीच मेस्सीले प्रिमियर क्लब म्यानचेस्टर सिटी जान चाहे पनि सकेनन्। सम्झौता अनुसार क्लबमा अझै एक वर्ष बाँकी रहेकाले लामो अदालती लफडामा पर्नुभन्दा उनले क्लबमै बस्न उचित ठाने।

सुरुमा त उनी न कोरोना परीक्षणमा गए न अभ्यासमा नै। बरु चिठी लेखेरै बार्सिलोना छोड्ने धम्कीसमेत दिए।

यता, बार्सिलोनाको योजना ठूलो मात्रामा खेलाडी कटौती गर्नु थियो। र, गर्यो पनि। उसलाई थाहा थियो कि धेरै उमेर भएका खेलाडीलाई बार्सिलोनामा राखिरहनु उचित हुनेछैन।

त्यसैले उसले नेतो, नेल्सन सेमेदो, सामुएल एमिटीटी, जुनियर फिर्पो, इचान राकिटिक, आर्थुरो भिडाल, ओस्मान डेम्बेले र मार्टिन ब्रेथवेटलगायत खेलाडी बेच्ने जमर्को गर्यो।

यसमा ऊ आधाउधी सफल बन्यो। इभान राकिटिक सेभियामा फर्किए भने अर्थुरो भिडालले इटालियन क्लब इन्टर मिलान रोजे। उरुग्वेयन स्टार पनि इटालियन क्लब युभेन्टस जान चाहन्थे तर उनको भागमा ला लिगा नै पर्यो। र, पुगे एट्लेटिको मड्रिड। यस्तै केही खेलाडीलाई उसले पाखा लगायो।

यता मेस्सी उनीहरुको बहिर्गमन देखेर दुःखी थिए। ‘म सुवारेजलाई मेरै विरुद्ध खेलेको देख्न सक्दिनँ,’ उनले इन्स्टाग्राम पोस्टमा लेखेका थिए। तर, क्लबकले त्यो चाहेन। यसकारण मेस्सीको क्लबमा अबको खेल कस्तो होला भन्न चासो ब्यापक बनेको थियो।

मेस्सी ला लिगाको नयाँ सिजनमा फेरि उस्तै जमे। र, पेनाल्टीमै सही सुरुवाती खेलमा एक गोल गरे।

बार्सिलोनामै जमे काउटिन्हो पनि

ब्राजिलियन फरवार्ड काउटिन्हो पनि बार्सिलोनामै जमेका छन्। यसअघिका प्रशिक्षक क्विके सेटिएनको योजनामा नपरेका काउटिन्हो अहिलेका डच प्रशिक्षक कोम्यानको योजनामा भने अटाएका छन्।

उसो त उनी अनुभवी खेलाडी पनि हुन्। विगत हेर्ने हो भने उनले युरोपका चार शीर्ष लिगबाट फुटबल खेलिसकेका छन्।

काउटिन्होले इन्टर मिलान (२००८–२०१३)बाट सिरी ए, लिभरपुल(२०१३–२०१८)बाट प्रिमियर लिग। बार्सिलोना (२०१८ देखि अहिलेसम्म)बाट ला लिगा र बायर्न(लोनमा)बाट बुन्डेसलिगा खेलिसकेका छन्। उनले लोनमा रहँदै एस्पायोनलबाट पनि ला लिगा खेले।

तर बायर्न जानुअघि बार्सिलोनामा उनको प्रदर्शन सम्झनलायक थिएन। तर पछिल्लो च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा उनले बायर्नबाटै बार्सिलोनाविरुद्ध दुई गोल गरेपछि भने उनको खेल चर्चा पुनः सुरु भयो।

खेलाडी बेच्ने लिस्टमा राखिए काउटिन्हो सो गोलपछि भने बार्सिलोना रमाउन थालेका छन्। अहिले बार्सिलोनाले उनलाई बेच्न चाहेको छैन।

युवा खेलाडीमा फोकस

बार्सिलोना अहिले भविष्य निर्माणका लागि युवा खेलाडी अगाडि ल्याउने योजनामा छ। यसको ला मासिया युवा एकेडेमीका खेलाडी विश्वप्रशिद्ध छन्। फरवार्ड मेस्सी पनि ला मासियाकै उत्पादन हुन्।

त्यसैले बार्सिलोनाका अध्यक्ष जोसेफ मासिया बटोमेउले अबको योजना युवा खेलाडीमा रहने बताएका छन्।

फुटबल वर्चश्व परिवर्तनको शैलीमै बार्सिलोनाले आफ्नो भावी योजनाको सुरुवात गरेको छ। ‘बार्सिलोनाका फ्रान्सिस्को त्रिनाको (२० वर्ष), पेद्रो लोपेज (१७), अन्सु फाती (१७), टेर स्टेजेन (२८), रिकी पिउग (२०), रोनाल्ड आरउ (२१)जस्ता युवा खेलाडी बेच्नका लागि होइनन्,’ बर्तोमाउले भने, ‘हामी भविष्यका लागि नयाँ पुस्ताको निर्माण गर्दैछौं।’

फातीको लगातारको सानदार प्रदर्शनले उनको युवा खेलाडीको विकासमा उसलाई उत्साहित बनाएको छ। उनलाई साथी दिन मेस्सी हरदम तयार देखिन्छन्। यो सिजनसँग सम्झौता सकेर बाहिरिने मनसायमा रहेको मेस्सी क्लबमा बलियो खेलाडी छोडेर जान चाहन्छन्।

त्यसैले उनले फातीलाई सहयोग गरिरहेका छन्। उनीहरुलाई साथ दिन फरवार्डमा ग्रिजम्यान र काउटिन्होको जोडी त छँदैछ।

प्रकाशित: Sep 28, 2020| 07:35 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।