बुधबार, चैत ४, २०८२

एट्लेटिको मड्रिडकोमा सुवारेजको ‘हिरोइक डेब्यू’

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले सानदार जित निकालेको छ। 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले सानदार जित निकालेको छ। 

National life

एट्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामा सम्पन्न खेलमा उसले पहुना टिमविरुद्ध ६–१ गोलको सानदार जित निकालेको हो।

जितका लागि लुइस सुवारेजले खेलको अन्तिममा ‘हिरोइक इन्ट्रि’ मार्दै दुई गोल गरे। उनी खेलको ७१ औं मिनेटमा डियागो कोस्टाको ठाउँमा मैदान प्रवेश गरेका थिए।

पहिलो रोजाईको खलाडी नभए पनि उनले खेलको ८५ औं र इन्ज्युरी समयमा गोल गर्दै एट्लेटिकोको जितलाई ६–१ गोलको दुरीमा पुर्याए।

यता एट्लेटिकोका लागि अन्य खेलाडीमा डियागो कोस्टा, एन्जेल कोरिया, जोआ फेलिक्स र मार्कोस लोरेन्टाले समान १–१ गोल गरे।

Laxmi sunrise bank
kumari

सुआरेजसँगै मैदान पसेका लोरेन्टाले मैदान पसेको एक मिनेटमै गोल गर्दा पूर्व बार्सिलोना फरवार्ड सुवारेजले नै एसिस्ट गरेका थिए।
सिजनको पहिलो जितसँगै एट्लेटिको मड्रिडले एक तीन अंक जोडेको छ।

ला लिगा अन्तर्गत गएराति सम्पन्न अर्को खेलमा भालाडोलिडले सेन्टा भिगोसँग १–१ गोलको बराबरी खेलेको छ। त्यस्तै सेभियाले घरेलु टिम कार्डिजलाई ३–१ गोलअन्तरले पाराजित गरेको छ।
 

प्रकाशित: Sep 28, 2020| 03:19 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।