शनिबार, भदौ १३, २०८३

दुई हारपछि पीएसजीको लगातार तेस्रो जित

 फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जेर्मेन(पीएसजी)ले लगातार तेस्रो जित निकालेको छ।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं- फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जेर्मेन(पीएसजी)ले लगातार तेस्रो जित निकालेको छ।

आइतबार राति रिम्सको मैदानमा सम्पन्न खेलमा उसले घेरेलु टिमविरुद्ध २–० गोलको सहज जित निकालेको हो।

जितका लागि दुवै गोल माउरो इकार्डीले गरे। उनले खेलको नवौं र ६२ औं मिनेटमा गोल गर्दै जित निकालेका हुन्। इकार्डीका लागि दुवै पास केलियन एम्बाप्पेले उपलब्ध गराएका थिए।

यससँगै पीएसजीले लिगमा तीन खेलमा जित निकाल्दै नौ अंक जोडेको छ। उसले सुरुवाती दुई खेलमा पराजय भोग्दै सिजनको खराब सुरुवात गरेको थियो।

यता, पछिल्लो खेलमा नेयमार र केलियन एम्बाप्पे कोरोना संक्रमणपछि मैदान फर्किएदेखि उसले लिगमा पुनारागमन गरेको हो।

पीएसजी पाँच खेलबाट नौ अंक बनाएर लिगको सातौं स्थानमा छ भने रेन्निसले समान ५ खेलबाट १३ अंक बनाएर शीर्षस्थानमा कब्जा जमाएको छ।

आइतबार राति नै सम्पन्न अर्को खेलमा लियोनले लोरिएन्टसँग १–१ गोलको बाराबरी खेलेको छ।
 

प्रकाशित: Sep 28, 2020| 02:35 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।