आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • रोनाल्डोको २ गोलका बाबजुद युभेन्टसको बराबरी, सानदार जितसँगै नापोली शीर्ष स्थानमा

रोनाल्डोको २ गोलका बाबजुद युभेन्टसको बराबरी, सानदार जितसँगै नापोली शीर्ष स्थानमा

फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे पनि सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं- फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे पनि सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ।

रोमाको स्टेडियो ओलम्पिकाओ मैदानमा सम्पन्न खेलमा घरेलु टिमले युभेन्टससँग २–२ गोलको बाराबरीमा रोकेको हो ।

युभेन्टसका लागि दुवै गोल रोनाल्डोले गरेका हुन्। यता रोमाका लागि दुवै गोल जर्डन वेरेटउटले गरे।

बराबरीसँगै दुवै टिमले अंक बाँडेका छन्। युभेन्टसले दुई खेलबाट ४ अंक बनाएको छ भने रोमाले दुवै खेलबाट एक अंक मात्र जोडेको छ।

त्यस्तै, आईतबार राति नै सम्पन्न अर्को खेलमा नापोलीले जिनोआलाई ६-० गोलले हराएको छ। नापोलीको घरेलु मैदान स्टेडियो सन पाउलोमा सम्पन्न खेलमा उसले आधा दर्जन गोल गरेको हो।

जितसँगै दुई खेलबाट ६ अंक बनाएको नापोली अंकतालिकाको शीर्ष स्थानमा छ।
 

प्रकाशित: Sep 28, 2020| 02:14 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।