आइतबार, असार २८, २०८३

भर्डीको ह्याट्रिकसँगै लेस्टरको जित, टोटेनहम बराबरीमै

सुरुवाती अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग(ईपीइल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लज्जास्पद हार बेहोरेको छ।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं- सुरुवाती अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग(ईपीइल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लज्जास्पद हार बेहोरेको छ।

म्यानचेस्टरकै इतिहाद रंगशालामा सम्पन्न खेलमा लेस्टर सिटीले ५–२ गोलअन्तरको सानदार जित निकालेको हो।

जितका लागि लेस्टरका ज्यामी बर्डीले ह्याट्रिक गरे। सिटीका वल्करले ३७ औं मिनेटमा डि बक्सभित्रै लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै बर्डीले सुरुवाती गोल गरे।

म्यानचेस्टरको चौथो मिनेटको गोलबाट पछि परेको अवस्थामा उनले गोल गरेका थिए। सो गोलसँगै पहिलो हाफ १–१ गोलको बारबारीमै रोकिएको थियो।

दोस्रो हाफको ५३ औं मिनेटमा टिमोथी कास्टान्याको पासलाई उपायोग गदै बर्डीले व्यक्तिगत दोस्रो गोल गरेर लेस्टरलाई अग्रता दिलाए। त्यसपछि उनले नै पेनाल्टीमार्फत ५८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।

यसबाहेक लेस्टरका जेम्स मडिसन र योउरी टिलेमान्सले ७७ औं र ८८ औं मिनेटमा गोल गरे।

यता म्यान्चेस्टरका लागि रियाद महरेजले चौथो मिनेटमा र नाथन एकले ८४ औं मिनेटमा सान्त्वना गोल गरे।

जितसँगै लेस्टर सिटी सुरुवाती तीन खेलमा जित निकाल्दै ९ अंक बनाएर अंकतालिकाको शीर्ष स्थानमा छ। म्यानचेस्टर सिटी भने दुई खेलमा एक हार बेहोर्दै ३ अंक बनाएर १३ औं स्थानमा छ।

त्यस्तै साविक विजेता लिभरपुल २ खेलमै जित निकालेर चौथो स्थानमा छ।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलोका टिममा अहिले फरवार्ड सर्जियो अग्युरो, ग्याब्रियल जेससलगायत केही खेलाडी चोटग्रत भएर रेस्टमा छन्। 

प्रशिक्षक पेपले खेलाडीको चोटका कारण खेलमा दबाब बढेकोसमेत बताउँदै आएका छन।

त्यस्तै, आइतबार राति नै सम्पन्न अर्को खेलमा टोटेनहमले न्युकासलसँग १–१ गोलको बारबारी खेलेको छ। उसले बराबरीसँग अंक बाँडेको छ।

आइतबार रातिको अन्तिम खेलमा वेस्ट हामाले वुल्भ्सविरुद्ध ४–० गोलको सानदार जित निकालेको छ। वेस्ट हामकै मैदानमा उसले सानदार जित निकालेको हो।

प्रकाशित: Sep 28, 2020| 01:09 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।