आइतबार, असार २८, २०८३

राजस्थान र पञ्जाबको खेलमा छक्का–चौकाको वर्षा

काठमाडौं– १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा २२३ रनको विशाल लक्ष्य पछ्याएको राजस्थान रोयल्सले जित निकालेको छ।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं– १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा २२४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थान रोयल्सले जित निकालेको छ। दुबईस्थित शारजहा रंगशालामा सम्पन्न खेलमा राजस्थानले किंग्स इलेवेन पञ्जावलाई ४ विकेटले हराएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले निर्धारित ओभरमा मात्र दुई विकेटको क्षतिमा २२३ रन बनाएको थियो। २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ विकेट गुमाएर तीन बल बाँकी रहँदै २२६ रन बनाएर खेल जित्यो।

जितका लागि सन्जु समसनले ८५ रनको अर्धसतकिय इनिङ खेले। २०२ को स्ट्राइकिङ रेट बनाएका समसनले ४ चौका र ७ छक्का चट्काए। त्यस्तै राहुल तेवतियाले ७ छक्कासहित ५३ रन प्रहार गरे। अर्धसतक बनाउने तेस्रा खेलाडीमा कप्तान स्टिभस्मिथ पनि रहे। उनले ७ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए।

यता मोहम्मबद शामीले पञ्जावका लागि तीन विकेट लिए।

त्यसपहिले ब्याटिङमा आएको पञ्जावका मयंक अग्रवालले सतकिय इनिङ खेले। उनले १० चौका र ७ छक्का हिर्काउँदै १०६ रन बनाए भने कप्तान केएल रहुलले ६९ रन बनाए। नटआउट रहेका निकोलस पुरनले २५ रन बनाए।

त्यस्तै अंकित राजपुत र टम कुरनले एकएक विकेट लिए। उच्च योगफलको प्रतियोगितामा पञ्जावले ११ छक्का सहित ३१ बाउन्ड्रि प्रहार गर्यो। जवाफी ब्याटिङमा आएको राजस्थानले १८ छक्कासहित ३२ बाउन्ड्रि प्रहार गरेको थियो।

जितसहित राजस्थान रोयल्सले ४ अंक बनाउँदै अंकतालिकाको दोस्रो स्थान कब्जा जामएको छ। तथापि उसको नेट रेनरेट ०.६१५ मात्र छ। समान अंकका साथ शीर्षस्थानमा रहेको दिल्लीको नेट रन रेट ११ छ।
 

प्रकाशित: Sep 28, 2020| 00:23 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।