काठमाडौं– लागू औषध नियन्त्रण ब्यूरोको टोलीले कास्कीबाट साढे १० किलो लागू औषध अफिमसहित तीनजनालाई पक्राउ गरेको छ।
ब्यूरो र पोखरास्थित ब्यूरोको शाखाबाट खटिएको टोलीले विशेष सूचना आधारमा अफिमसहित तीनजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पूर्वी रूकुमको पुथा उत्तरगंगा गाउँपालिका–१ का ५० वर्षीय गज पुन, ४० वर्षीय चक्करबहादुर पुन र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ का २४ वर्षीय रबि गुरूङ छन्।
पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ। लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दायर गरेर आवश्यक अनुसन्धान अघि बढाइने कास्की प्रहरीले जनाएको छ।
पक्राउ परेका गज पुन लामो समय देखि पूर्वी तथा पश्चिम रुकुम जिल्लाहरुमा अवैध लागू औषध अफिमको कारोवारमा सक्रिय रहेका मुख्य व्यक्ति रहेको अनुसन्धानको क्रममा खुलेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।