बिहीबार, भदौ २५, २०८३

डा. केसीको कोरोना रिपोर्ट नेगेटिभ 

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

उनी केही दिनअघि जुम्लाबाट काठमाडौं आएका कारण पीसीआर परीक्षण गरिएको थियो।

१४ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको उपचारमा संलग्न चिकित्सक सुवासप्रसाद आचार्यले जनाएका छन्। उनका अनुसार डा. केसीलाई जुनसुकै बेला आईसियूको आवश्यकता पर्न सक्छ।

डा. केसीको रक्तचाप कम हुने, छाती दुख्ने, शरीर दुख्ने, मुटुको धड्कन छिटोछिटो हुने जस्ता समस्या देखिएको छ । उनी आफैं शौचालय पनि जान नसकेको उनका सहयोगीले बताएका छन्। 
 

प्रकाशित: Sep 27, 2020| 08:43 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।