बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पताल निर्माणका लागि चाहिने जग्गाको मापदण्ड घट्यो  

अस्पताल निर्माणका लागि चाहिने जग्गाको मापदण्ड घट्यो  

सरकारले १०० बेडभन्दा कम क्षमताका प्राथमिक अस्पताल तथा स्वास्थ्य चौकी निर्माणका लागि आवश्यक पर्ने जग्गाबसम्बन्धी मापदण्ड परीवर्तन गरेको छ । 
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– सरकारले १०० बेडभन्दा कम क्षमताका प्राथमिक अस्पताल तथा स्वास्थ्य चौकी निर्माणका लागि आवश्यक पर्ने जग्गाबसम्बन्धी मापदण्ड परीवर्तन गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले जग्गासम्बन्धी मापदण्ड परिवर्तनको निर्णय गरेको हो। नयाँ मापदण्ड अनुसार सरकारी अस्पताल बनाउँदा चाहिने जग्गाको परिमाण घटेको छ ।

यसअघि १५ देखि २५ बेडका अस्पताललाई चाहिने जग्गा १२ रोपनी हुनुपर्नेमा हाल संशोधित मापदण्ड अनुसार ९.६ रोपनीमा झारिएको छ । त्यस्तै २६ देखि ५० बेडको अस्पतालको लागि १५ रोपनी जग्गा भए पुग्नेमा हाल संशोधित मापदण्ड अनुसार  १२ रोपनीा भए पुग्छ । 

त्यस्तै यसअघि क वर्गका प्राथमिक अस्पतालमध्ये ५१ देखि ९९ बेडसम्मका अस्पतालको लागि ३५ रोपनी जग्गा अनिवार्य भएकोमा नयाँ मापदण्ड अनुसार २८ रोपनी भए पुग्छ । 
 

प्रकाशित: Sep 27, 2020| 08:13 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।