बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली–दाहाल छलफल सकियो, मन्त्रिपरिषद् पुनर्गठन छिट्टै

ओली–दाहाल छलफल सकियो, मन्त्रिपरिषद् पुनर्गठन छिट्टै

मन्त्रिपरिषद् पुनर्गठन एक दिनभित्रै हुने भएको छ।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– मन्त्रिपरिषद् पुनर्गठन एक दिनभित्रै हुने भएको छ।  सत्तारूढ दल नेकपाका अध्यक्ष  एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच केही बेरअघि बालुवाटारमा सम्पन्न भेटवार्तामा यस्तो सहमति भएको हाे।

दुई अध्यक्षबीच झन्डै तीन घण्टा भएको बैठकमा मौजुदा मन्त्रिपरिषदमा रहेका कुनकुन नेताहरूलाई जिम्मेवारीमुक्त गर्ने र नयाँ अनुहार कसकसलाई ल्याउने भन्ने विषयमा छलफल भएको थियो। 

‘दुई अध्यक्षले आवश्यक मापदण्डका विषयमा कुराकानी गरेर एक निचोडमा पुगिसक्नुभएको छ’, बालुवाटार उच्च स्रोतले भन्यो, ‘सकभर मन्त्रिपरिषद् पुनर्गठनमा नयाँ अनुहार ल्याउने तयारी भइरहेको छ।’

स्रोतका अनुसार आजको मन्त्रिपरिषद्को केही बेरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले यस विषयमा मन्त्रीहरुलाई जानकारी दिनेछन्। 

नेकपाको २६ भदौमा सम्पन्न स्थायी कमिटी बैठक र गत साताको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ति र पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने जिम्मेवारी दुई अध्यक्षलाई तोकेको थियो।

त्यसयता दुईअध्यक्षबीच पटक–पटक छलफल भएको छ। सचिवालय बैठकले मापदण्ड बनाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरे पनि त्यसको सबै आधार तयार गर्ने जिम्मा दुई अध्यक्षलाई नै दिइएको हो। 

पटक–पटक सांसद निर्वाचित भएर पनि मन्त्रि बन्न नपाएकाहरुलाई अहिलेको मन्त्रिपरिषद् पुनर्गठनमा प्राथमिकता दिनुपर्ने नेकपाभित्रै आवाज उठेको छ। त्यसैले पनि अध्यक्षद्वय यसमा सहमति हुने देखिएको छ। 

अहिले पूर्व एमालेबाट विशाल भट्टराई, विरोध खतिवडा, यज्ञराज सुनुवार, प्रेम आले, गणेश ठगुन्ना लगायतको नाम चर्चामा छ। त्यस्तै पूर्व माओवादीबाट  जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल लगायतको नाम चर्चामा छ। 

प्रकाशित: Sep 27, 2020| 06:36 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।