काठमाडौं– काठमाडौंमा उपचारका क्रममा एक जना कोरोना संक्रमित सैनिक जवानको मृत्यु भएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार वीरेन्द्र अस्पताल छाउनीमा उपचारका क्रममा एक सैनिकको मृत्यु भएको हो।
बझाङ घर भएका सैनिक जवान काठमाडौंमा कार्यरत थिए। मृत्यु भएका सैनिक जवानमा ६ असोजमा छारे रोगको लक्षण देखिएर बिरामी भएपछि आइसीयूमा भर्ना गरेर उपचार गरिएको थियो।
८ असोजमा स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको नेपाली सेनाले जनाएको छ।
हालसम्म नेपाली सेनामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भइसकेको छ। नेपाली सेनामा अहिले एक हजार ६५६ जना सक्रिय संक्रमित छन्। ५३९ जना संक्रमणमुक्त भइसकेका छन्।