काठमाडौं– कांग्रेसबाट प्रतिनिधि सभाका सांसद उमेश श्रेष्ठलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।
सांसद श्रेष्ठले आफूलाई कोरोना संक्रमण भएको सामाजिक संजालमर्फत सार्वजनिक गरेका हुन।
शनिबार गरिएको परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको श्रेष्ठले फेसबुकमार्फत जनाएका छन्।
कोरोना पोजेटिभ देखिएपछि आफू होम आइसोलेसनमा बसेको श्रेष्ठले बताएका छन्।
श्रेष्ठले स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्दै आफूसँग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउनसमेत आग्रह गरेका छन्।