बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरमा कोरोनाबाट थप एक पुरुषको मृत्यु, मृत्युपछि संक्रमण पुष्टि 

भक्तपुरमा कोरोनाबाट थप एक पुरुषको मृत्यु, मृत्युपछि संक्रमण पुष्टि 

भक्तपुरको चाँगुनारायण नगरपालिकाका एक कोरोना संक्रमित पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । 
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिकाका एक कोरोना संक्रमित पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । 

८८ वर्षीय पुरुषको शनिवार राति मृत्यु भएको  हो।  उनको मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । 

चाँगुनारायणमा कोरोनाबाट पहिलो मृत्यु भएको हो। यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ। 

भक्तपुरका चारपालिकामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा ९ पुरुष र ४ महिला गरी १३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। 

भक्तपुरका कोरोना संक्रमितको संख्या एक हजार ८१९ पुगेको छ। 

प्रकाशित: Sep 27, 2020| 05:29 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।